Comments Add Comment

दुई कुलपतिले प्रधानमन्त्रीबाट लिए सपथ

१६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुलाई सपथ ग्रहण गराएका छन् ।

सोमबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराएका हुन् । सरकारले उनीहरुलाई सोमबार नै कुलपति पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले विज्ञता हासिल गरेका व्यक्तिहरु नियुक्त भएकाले ती संस्था थप सिर्जनशील हुने बताए । ‘आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन’ उनले भने ‘तपाईंहरुले समयको पदचाप बुझेर यी संस्थाहरुलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।’

यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिव विपिन कुमार घिमिरेले पनि सोमबार नै सपथ लिएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिव श्याम प्रकाश तमोटले पनि सपथ ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment