Comments Add Comment

साहरुखकी छोरीलाई ‘लिला’ बनाउने अनिलका छोराको चाहना

बलिउडमा नायक अनिल कपुरका छोरा हर्षवर्धन कपुरले खासै चर्चा पाएका छैनन् । केही चलचित्रमा अभिनय गरेपनि उनी असफल नै देखिएका छन् । बाबु अनिल र दिदी सोनम कपुरले पाएको सफलता पाउन हर्षवर्धनलाई मुश्किल नै परेको छ ।

उनै हर्षवर्धन करण जोहरको ‘कफि विथ करण’ नामक शोमा पुगेका थिए । उक्त शोमा सोधिएको प्रश्नको उनले निकै गम्भिरताका साथ जवाफ पनि दिएका छन् । तर, उनले दिएको एउटा प्रश्नको जवाफले भने अहिले चर्चा पाइरहेको छ ।

करणले सोधे–‘तपाई आफू राम बनेर कुन नायिकालाई लिला बनाउन चाहनुहुन्छ ?’ यो प्रश्नको जवाफमा हर्षवर्धनले कुनै बलिउड नायिकाको नाम लिएनन् । बरु, उनले बलिउडका सुपरस्टार नायक साहरुख खानकी छोरी सुहाना खानको नाम लिएका छन् । हर्षवर्धनले सुहाना खानलाई आफ्ना लिला बनाउने चाहना व्यक्त गरेसँग भारतीय मिडियामा अहिले यो खबर भाइरल बनिरहेको छ ।

यस्तै, उनले चलचित्र ‘करण अर्जुन’को रिमेक बनेको खण्डमा टाइगर श्राफलाई अर्जुनको भूमिकामा देख्न चाहेको समेत उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment