Comments Add Comment

यस्तो फाउन्टेन, जहाँका धारामा पानी होइन, रक्सी बग्छ

तपाईंले आजसम्म कैयन् वटा पानीको फाउन्टेन देख्नुभएको छ होला । तर सबै फाउन्टेनमा एउटा साझा चिज हुन्छ, पानी । आज हामीले तपाइँलाई यस्तो फाउन्टेनको बारेमा बताउँदैछौँ जहाँ पानी होइन, रक्सी निस्किन्छ ।

उक्त फाउन्टेनमा चौबीसै घण्टा रेड वाइन बग्दछ । इटालीमा यस्तो अनौठो फाउन्टेन रहेको छ । उक्त फाउन्टेनमा पुगी पर्यटकहरुले सित्तैमा वाइन पिउन पाउँछन् ।

Fontana del Vino  नामक उक्त फाउन्टेन इटालीको अलरुज्जा सहरमा रहेको छ । स्थानीय एक वाइन उद्योगले उक्त वाइन फाउन्टेन स्थापना गरेको हो ।

चर्चित पर्यटकीय मार्ग क्यामिनो डी सान टोमासोमा पर्ने उक्त क्षेत्रका पर्यटकको तिर्खा मेटाउने गरी यो वाइन फाउन्टेन निर्माण गरिएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment