Comments Add Comment

पूजाको ‘सम्हालिन्छ कहिले मन’मा आकाश फाइनल

नायिका पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’को छायांकन नेपाल र यूकेमा हुँदैछ । सुदर्शन थापाको लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि गायक सोनम तोप्देन फाइनल भैसकेका छन् । यो चलचित्रका लागि सोनमले एउटा गीतमा आवाज समेत दिएका छन् ।

सोनम कभर गीत गाएर चर्चामा छन् । भारतीय मुलका तिब्बतियन गायकले यो चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यू पनि गर्न लागेका हुन् । चलचित्रमा २ नायक र एक नायिका रहनेछन् । यो चलचित्रमा अर्को नायक को हुने भन्ने चर्चा चलिरहेको समयमा यसको निर्माणपक्षले नायक आकाश श्रेष्ठलाई फाइनल गरेको छ ।

नायक श्रेष्ठ केही दिन अगाडि मात्र चलचित्रका लागि फाइनल भएका हुन् । उनले चलचित्रका लागि महंगो पारिश्रमिक लिएको समेत वुझिएको छ । यसैविच, यो चलचित्रका लागि यसको टिमको यूकेको भिसा समेत आइसकेको छ । चलचित्रका नायक, नायिका, प्राविधकको समेत यूकेको भिसा आइसकेको वुझिएको छ ।

अब केही दिनमा नै यसको टिम चलचित्र छायांकनका लागि यूके उड्नेछ । यसपटक यो चलचित्रमा पूजा र सुदर्शनको लगानी रहने छैन । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाशको जोडीलाई दर्शकले अत्याधिक मन पराएका थिए । यसैले, ‘सम्हालिन्छ कहिले मन’मा पनि आकाशले पूजासँग रोमान्स गर्ने भएपछि उनीहरुका फ्यानका लागि विशेष खुशीको खबर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment