Comments Add Comment

नयाँ बर्षमा स्वास्थ्य संकल्पः अब रहनुहोस् पूर्ण निरोगी र तन्दुरुस्त

अंग्रेजी क्यालेन्डर अनुसार नयाँ बर्ष सुरु भएको छ । नयाँ बर्ष, जसलाई हामी जीवनको नयाँ आयम पनि मान्छौं । यहि मोडमा उन्नत जीवनको लागि केही संकल्प पनि गर्छौं ।

यस्ता संकल्प आफ्नो सफलता, स्वास्थ्य, खुसी आदिसँग जोडिएको हुन्छ । वास्तवमा स्वास्थ्य नै अनमोल सम्पति हो । त्यसैले नयाँ बर्षको सन्दर्भमा हामी यस्ता संकल्प गर्न सक्छौं, जसले हामीलाई पूर्णत स्वस्थ्य जीवनशैलीमा अभ्यस्त गराउँछ ।

आफ्ना खराब आनीबानी वा दिनचर्या छाड्ने मात्र होइन, सही र सन्तुलित जीवनशैली पालना गर्ने प्रण पनि यही बेला गर्नुपर्छ ।

यद्यपी शंकल्प पुरा गर्नु आफैमा चुनौतिपूर्ण कुरा पनि हो । थोरै मात्र प्रयासले पनि ठूलो नतिजा निकाल्ने संकल्प गर्न सकियो भने जीवनलाई अर्थपुर्ण ढंगले बाँच्न सकिन्छ ।

बाहिरको खानाबाट वाहिर निस्कनुहोस्

अहिले हरेक मानिसको जीवनशैली परविर्तन भइरहेको छ । अधिकांश शहरी जीवनशैलीमा घरबाहिर खाने संस्कृति विकास भएको छ । त्यति मात्र होइन कतिपयले व्यस्त दैनिकीका कारण न समयमा खाने गर्छन् न त सुत्ने नै ।

यस्तो अवस्थामा रेष्टूरेन्टका जुनसुकै खाना स्वास्थ्यको लागि हानिकारक सावित हुन सक्छ । किनकी यस्ता खानामा चिल्लो पदार्थ र मसालाको यति धेरै प्रयोग हुन्छ की लगतारको सेवनले विरामी नै पार्न सक्छ ।

यस्ता खानाले मोटोपनाको साथै स्वास्थ्य समस्या हुने गर्छ । त्यसैले तपाइर्ं पनि फास्टफुड एवं जंक फुडको सौकिन हुनुहुन्छ भने नयाँ वर्षमा यसको सेवन नगर्ने संकल्प गर्नुहोस् ।

घरबाट निस्कनुहोस्, मोवाइलमा नभुलौं

हिजोआज हामीले अफ्नो साथी र परिवारसँग त्यति धेरै समय विताउने गर्दैनौँ । यसको एक मात्र कारण बन्न पुगेको छ की मोवाइल, कम्प्युटर, टेलिभिजन आदिको अत्याधिक प्रयोग । हिजो आज जो-कोहीले मोवाइलमा अत्याधिक समय दिएको देखिन्छ ।

मानिसहरु यस्ता साधनमा यति व्यस्त हुन्छन् की, आफैलाई पनि भुलेर स्वास्थ्यमाथि खेलवाड गर्छन् । एक अनुसन्धानले नै देखाएको छ की दैनिक मोवाइलको स्त्रिmनमा चार घण्टाभन्दा बढी समय विताउने मानिस एक दुई घण्टाभन्दा कम समय मोवाइल टेलिभिजनलाई समय दिने भन्दा दिर्घकालिन रोग लाग्ने सम्भावना ४६ प्रतिशत बढेर जोन गर्छ ।

मोवाइल फोनको अत्यधिक उपयोग गर्ने मानिसमा नताव पनि बढेर जान्छ र व्यवहार नै आक्रमक खालको हुन जान्छ । त्यसैले आफ्नो घरबाट वाहिर निस्कनुहोस्, परिवार र साथीसँग बढीभन्दा बढी समय विताउने संकल्प गर्नुहोस् ।

हरियो तरकारी र फलफुलको प्रयोग

हरियो तरकारी र फलफुलबाट शरीरलाई आवश्यक थुप्रै पौष्टिक तत्व प्राप्त गर्न सक्छौं । जसले गर्दा हामी स्वस्थ र फिट रहन सक्छौं । यस्ता पदार्थलाई स्न्याक्सको रुपमा प्रयोग गर्दा सबैभन्दा राम्रो हुन्छ । किनकी कम समयमा स्वस्थकर पदार्थको प्रयोग गर्न सकिन्छ ।

तरकारी र फलफुलबाट क्याल्शियम, फाइबर, प्रोटीन, भिटामिन र कैयौं प्रकारका मिनरल्स प्राप्त गर्न सकिन्छ । जसले हामीलाई कैयौं रोगबाट बचाउने गर्छ ।

दिनचर्यामा व्यायामको हिस्सा

नियमित व्यायाम र योग गरेमा जीवनभर निरोगी रहन सकिक्छ । दैनिक व्यायाम गर्दा प्रतिरक्षा प्रणाली चुस्त रहन्छ ।

जसले गर्दा सामान्य रोगले आक्रमण गर्न सक्दैन । त्यसैले, दैनिक २० मिनेट व्यायाम गर्ने संकल्प लिनुहोस् । जसले स्वस्थकर रहन मद्दत गर्छ ।

सकरात्मक सोंच

सकरात्मक सोंचलाई जीवनको अभिन्न अंग बनाउन जरुरी हुन्छ । त्यो किनभने, बढी तनाव, बेचैनीजस्ता समस्या नकरात्मक सोंचको कारण सृजना हुने गर्छ ।

त्यसैले, तनाव, डिप्रेशनबाट बच्नका लागि सोंचलाई सकरात्मक बनाउन पनि जरुरी हुन्छ । आफुमा सकरात्मक सोचको विकास गर्नका लागि दैनिक योग अभ्यासको सहयोग लिन पनि सकिन्छ । यो पनि जरुरी हुन्छ की सूर्य उदाउनुभन्दा पहिलेनै ओछ्यान छोड्ने शंकल्प ।

तौल नियन्त्रण

वाहिरी खाना र फास्टफुडको बढी प्रयोगले मोटोपनाको समस्यालाई बढाएर लैजान्छ । जसको कारण मधुमेह, हाइपरटेन्शन, मुटु फेल, अस्थमा, कोलेस्ट्रोल, अत्याधिक पसिना बग्ने, जोडोमा दुखाई, बाँझोपना आदिको खतरा बढेर जान्छ । त्यसैले, तपाईको उचाईअनुसार तौल बढी छ भने कम गर्ने र सामान्य भएमा नियन्त्रणमा राख्ने संकल्प गर्नुहोस् ।

कसरी गर्ने संकल्पलाई पुरा

– एकै पटक पाँच-छ वटा संकल्प लिने गल्ती गर्नु हुँदैन । बरु, एउटा संकल्प लिनुहोस् र त्यसलाई पूर्णतया पुरा गर्नुहोस् ।

– पहिला संकल्पलाई पुरा गर्नका लागि आफुलाई नै तयार पार्नुहोस् । जसले आफ्नो लक्ष्यबारे सोंच्ने र त्यसलाई प्राप्त गर्न समय छुट्याउन सकिन्छ ।

– अहिले पनि पहिलेकै वर्षको संकल्प नदोहोर्‍याउनुहोस् । यदि दोहोर्‍याउँदै हुनुहुन्छ भने त्यसलाई प्राप्त गर्नका लागि अर्कै टेक्नीक अपनाउन सक्नुहुन्छ ।

– संकल्प र त्यसलाई पुरा गर्ने तरिकाबारे आफ्नो डायरिमा नोट गर्नुहोस् ।

– संकल्प पुरा गर्दा आफुलाई पुरस्कारको निर्धारण पनि गर्नुहोस् । यसले संकल्पमा फोकस हुन प्रेरणा प्रदान गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment