Comments Add Comment

‘जुत्ता चप्पल मेलामा बढ्दो आकर्षण’

१७ पुस, काठमाडौं । भृकुटीमण्डपमा जारी जुत्ता चप्पल मेलामा उपभाेक्ताकाे आकर्षण देखिएको छ । गत शुक्रबारदेखि शुरु भएको प्रदर्शनीमा मंगलबार अवलोकनकर्ताको भीड देखिएको आयोजक संस्थाले जनाएको छ ।

१५औं संस्करणको जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनीमा उपप्रधानमन्त्री, बैंकर, ठूला व्यवसायी, सेलिब्रेटीसँगै सर्वसाधारणहरुले दैनिक अवलोकन गरिरहेका छन् ।

हरेक वर्ष आयोजना हुँदै आएको यस्तो प्रदर्शनी विगतको भन्दा यस वर्ष बढी आकर्षण देखिएको टाकुरा सूजका सञ्चालक एवं आयोजक समितिका संयोजक नवराज गौतमले जानकारी दिए ।

प्रदर्शनीको रक्षामन्त्री इश्वर पोख्रेल, सांसदहरु पम्फा भुसाल, विरोध खतिवडा, कोमल ओली लगायतले अवलोकन गरिसेका छन् । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ,नेपाल वैकर्स एसोसिएसनका अध्यक्ष ज्ञानेन्ऽ प्रसाद ढुंगानाले समेत सोमबार प्रदर्शनीको अवलोकन गरेका थिए ।

प्रदर्शनीमा विभिन्न ब्रान्डका स्वदेशी जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनीमा उपभोक्तालाई १० देखि १५ प्रतिशतसम्म छुट समेत दिइएको गौतमले बताए ।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ जारी प्रदर्शनीमा देशभरि छरिएर रहेका साना, मझौला एवं ठूला उद्योगहरुद्वारा उत्पादित जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको सबै उत्कृष्ट उत्पादनहरु एउटै छानामुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलियनसहित १९१ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहको आयोजकले जानकारी दिएका छन् ।  मेला १९ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment