Comments Add Comment

हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : रामचन्द्र पौडेल

१७ पुस, दमौली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी एकता नहुने बताएका छन् ।

काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले मंगलबार नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने दावी गरेका हुन् ।

नेता पौडेलले न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनले मात्रै पार्टीमा एकता हुनेमा जोड दिए । उनले विषयवस्तुमा आधारित भएर एकता चाहेको उल्लेख गर्दै विधानमा एकता गर्न सकिने धारणा व्यक्त गरे । ‘पार्टीमा क्यालेण्डरअनुसार काम गरौँ, त्यसमा एकता हुन्छ एजेण्डामा आधारित भएर काम गरौँ, त्यसमा एकता हुन्छ, देखाउनका लागि मात्रै नक्कली एकता काम छैन’ उनले भने ।

नेता पौडेलले पार्टीमा गलत काम भएपछि विरोध हुनु स्वभाविक भएको भन्दै सभापतिले समग्र पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए ।

पार्टी सभापतिले कार्यकर्ताको भावनाअनुसार चल्न नसकेका कारण आफूले सभापति विरुद्ध आवाज उठाउनु परेको उनको भनाइ छ । काङ्ग्रेस सदनमा हराएको जस्तो देखिएको उल्लेख गर्दै पौडेलले सरकारलाई खबरदारी गर्न समेत प्रतिपक्षीले नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment