Comments Add Comment

प्रभु बैंकको नयाँ बचत खाता सञ्चालन, सेयर लगानीकर्तालाई सहज हुने

१७ पुस, काठमाडौं । प्रभु बैंकले नेपाल स्टक एक्स्चेञ्जले सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि नयाँ बचत खाता शुरुआत गरेको छ ।

यससँगै प्रभु बैंक नेप्सेको कारोबार राफसाफ गर्ने बैंक तोकिएको छ । अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताले स्वचालित प्रणालीबाट अनलाईन सेेयर कारोबार गरी सेयर खरिद बिक्री वापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल तथा बैंकसम्म पुग्नु  नपर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले यसका लागि प्रभु अनलाईन ट्रेडिङ बचत खाता सञ्चालनमा ल्याएको हो । अनलाइन ट्रेडिङ बचत खाताबाट लगानीकर्ताले घरबाटै सजिलै स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद बिक्री वापतको रकम राफसाफ गर्न सक्ने बैंकले जानकारी दिएको छ ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको खाता खोली कारोबार गर्ने लगानीकर्तालाई निःशुल्क इ-बैंकिङ सेवा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment