Comments Add Comment

भविष्यमा न्यायपालिका स्वतन्त्र होस् : प्रधान्यायाधीश मिश्र

१७ पुस, काठमाडौं । करिब चार महिना सर्वोच्च अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले ज्ञान, विवेक र अनुभवका आधारमा इमान्दारीपूर्वक न्याय सम्पादन गरेको दाबी गरेका छन् ।

उमेर हदका कारण अवकाश भएको दिन मंगलबार जारी विज्ञप्तिमा भनेका छन्, ‘इमान्दारीपूर्वक न्यायको उद्धेश्यमा केन्द्रित रही कार्य गर्ने प्रयास गरेँ भन्ने लाग्दछ ।’

२५ भदौदेखि प्रधानन्यायाधीश बनेका उनले विज्ञप्ति भविष्यमा न्यायालय थप व्यावसायिक र इमान्दार बन्नुपर्नेमा जोड दिएका छन् । ‘न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप समृद्धि र उचाईमा स्थापित हुन सकोस्’, उनले भनेका छन् ।

प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि मिश्र प्रधानन्यायाधीश बनेका थिए ।

सुुनुवाई समितिले अनुमोदन गरिसकेकाले बुधबारदेखि सर्वोच्च अदालतको नेतृत्व चोलेन्द्र शमशेर जबराले गर्ने निश्चित प्राय भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment