Comments Add Comment

कार्डिफलाई पराजित गर्दै टोटनहृयाम दोस्रो स्थानमा

१८ पुस, काठमाडौं । टोटनहृयामले इंग्लिस प्रिमियर लिग फुटबलमा कार्डिफ सिटीलाई पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

मंगलबार राति कार्डिफकै घरेलु मैदानमा भएको खेलमा टोटनहृयामले ३-० गोलको सहज जित निकालेको हो । टोटनहृयामको जितमा हृयारी केन, क्रिष्टियन इरिक्सेन र सोन हेयुङ मिनले समान १-१ गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै केनले गोल गर्दै टोटनहृयामलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा इरिक्सेनले गोल गर्दै टोटनहृयामलाई दोब्बर अग्रता दिलाए ।

एकपछि अर्को दबाब बनाउदै कार्डिफमाथि जित हात पार्ने क्रिममा मिनले खेलको २६ औं मिनेटमा गोल गरेपछि टोटनहृयामले ३-० गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको टोटनहृयामले दोस्रो हाफमा भने थप गोल गर्न सकेन । यता, कार्डिफ भने टोटनहृयामविरुद्ध निकै निरिह बन्यो ।

जितसँगै टोटनहृयाम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटनहृयामले २१ खेलबाट ४८ अंक बनाएको छ । पराजित कार्डिफको भने २१ खेलबाट १८ अंक मात्रै छ ।

लिगको शीर्ष स्थानमा रहेको लिभरपुलको २० खेलबाट ५४ अंक रहेको छ । भने लिगको तेस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको २० खेलबाट ४७ अंक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment