Comments Add Comment

भुस्याहा कुकुर नियन्त्रण गर्दै पोखरा महानगरपालिका

१८ पुस, पोखरा । पोखरा महानगरपालिकाले भुस्याहा कुकुर नियन्त्रण अभियान थालेको छ ।

महानगरपालिकाले हिमालयन एनिमल रेस्क्यू ट्रष्टसँगको सहकार्यमा भुस्याहा कुकुरलाई बन्ध्याकरण तथा रेविज सुई लगाउने अभियान सुरु गरेको जनाएको छ ।

करिब एक महिनाअघिबाट सुरु अभियानअन्तर्गत हालसम्म ८ सय कुकुरहरुलाई बन्ध्याकरण तथा एन्टी रेविज सुई हालिसकिएको हिमालयन एण्ड रेस्क्यू टिमका प्राविधिक सरोज जिरेलले जानकारी दिए । उनका अनुसार यो अभियान अझै २ महिना जारी रहनेछ ।

हालसम्म पोखरा महानगरपालिका वडा नम्बर ६, ७, ८ र १७ का वडाहरुमा पुगेर सडकमा भेटिएका कुकुरहरुलाई बन्ध्याकरण र एन्टी रेविज सुई हालिएको प्राविधिक जिरेलले बताए । उनले सुई हालिएको कुकुर चिह्नका लागि रंग लगाएर छाडिने र अघिल्लो दिन सुई हालिएको क्षेत्रमा त्यसको भोलिपल्ट अनुगमन गर्दै सुई नलगाएका कुकुर पाइए तत्काल समातेर बन्ध्याकरण गर्नुका साथै एन्टी रेविज सुई हालिने जानकारी दिए ।

सहरका मुख्य मुख्य सडकलाई प्राथमिकता दिएर काम भइरहेको जिरेलले बताए ।

महानगरपालिकाले हरेक वर्ष कुकुरलाई बन्ध्याकरण र एन्टी रेविज सुई हाल्ने अभियान सञ्चालन गर्दै आएको छ । पोखरामा सडकमा ५ हजार बढी भुस्याहा कुकुर रहेको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment