Comments Add Comment

प्रियंकाको स्वरलाई दर्शकले रुचाएनन्

नेपालका कलाकारहरु बेला बेलामा रहर परिवर्तन गरिदिन्छन् । कहिलेकाही उनीहरुलाई चलचित्रमा गीत गाउने रहर पलाउँछ । निर्मातालाई पनि के चाहियो र, चलेका कलाकारले गीत गाउँदा हिट हुन्छ भन्ने भ्रम हुन्छ । यसैले, त कहिलेकाही यस्ता प्रयोगहरु सही हुन्छन् भने कहिलेकाही बेकारको देखिन्छ ।

नायिका प्रियंका कार्कीको आवाजमा समावेश ‘अनागत’ चलचित्रमा समावेश ‘कसलाई पोखुँ’ बोलको गीत सार्वजनिक भएको एक हप्ता बढी भैसकेको छ । तर, एक साता भन्दा बढीको समयमा युटुबमा यो गीतले जम्मा ३८ हजार भ्यूज पाएको छ । यो निकै नै कमजोर भ्यूज हो ।

दर्शकले गायक सुरज शाही ठकुरीको स्वरलाई राम्रै भनेका छन् भने प्रियंकाको स्वरका कारण गीत विग्रिएको पनि बताएका छन् । दर्शकले प्रियंकालाई राम्रो कलाकार भएकाले चलचित्रमा अभिनय नै गर्न सुझाव दिएका छन् । नायिका कार्की बेला–बेलामा यस्ता चाहना राख्छिन् । तर, गरिएको चाहना सबै सफल हुन्छन् भन्ने पनि छैन ।

चलचित्र असफल दिएपनि चलचित्र बजारमा स्टार बनेकी प्रियंकाले अब फेरि गीत गाउने प्रयास गर्छिन् कि गर्दिनन् होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment