Comments Add Comment

नयाँ बर्षमा प्रेमीसँग एमीको इन्गेजमेन्ट

सन् २०१८ बलिउडका लागि बिहेको बर्ष नै बन्न पुग्यो । बलिउडका चर्चित जोडीले बिहे गरेर नयाँ जीवन सुरु गरे । तर, सन् २०१९ पनि यो कुरामा पछि नहुने देखिएको छ । बलिउड नायिका एमी ज्याक्सनले नयाँ बर्षकै दिन आफ्ना प्रेमीसँग इन्गेजमेन्ट गरेकी छिन् ।

प्रेमीको अंगालोमा रमाउँदै उनले इन्गेजमेन्ट रिङ इन्स्टाग्राममा शेयर गरेकी छिन् । उनले लेखेकी छिन्–‘जीवनको नयाँ पलको सुरुवात गर्दैछु । म तिमीलाई प्रेम गर्छु । मलाई संसारकै सबैभन्दा भाग्यमानी यूवती बनाइदिएकोमा धन्यवाद ।’
एमी केही समयदेखि व्यापारी जर्ज पनायोटीसँग प्रेममा छिन् । उनले, नयाँ बर्षको दिनमै प्रेमीसँग इन्गेजमेन्ट गरेर जीवनको नयाँ पलको सुरुवात गरेकी हुन् ।

एमी र जर्ज अहिले जाम्बियामा नयाँ बर्ष र नयाँ जीवनको खुशीयाली साटिरहेका छन् । एमीले अभिनय गरेको चलचित्र ‘२.०’ गतबर्ष रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment