Comments Add Comment

कृषि विश्वविद्यालयबाट सम्वन्धन प्राप्त ७ निजी कलेजद्वारा भर्ना आह्वान

१८ पुस, चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्वन्धन पाएका भनिएका ८ मध्ये ७ कलेजले नयाँ विद्यार्थी भर्ना आह्वान गरेका छन् । विश्वविद्यालयको स्वीकृतिविना ति निजी क्याम्पसहरुले भर्ना आह्वान गरेका हुन् । भर्ना आह्वानको सूचना राष्ट्रियस्तरका पत्रिकामा छपाइएको छ ।

भर्ना आह्वान गर्नेमा भ्याली कृषि क्याम्पस ललितपुर, पूर्वाञ्चल कृषि क्याम्पस झापा, ब्राइट मध्यपश्चिम कृषि तथा वनविज्ञान क्याम्पस सुर्खेत, गोरखा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर बाँके, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, जीविका कृषि क्याम्पस सुनसरी र सिद्धान्त कलेज गैंडाकोट छन् । सिद्धान्त कलेज गैंडाकोटले वनको कार्यक्रम चलाउन सम्वन्धन पाएको थियो । कृषिको सम्वन्धन पाएको हिमछायाँ कलेजले मात्रै विद्यार्थी भर्नाको सूचना निकालेको छैन ।

यी कलेजहरुले इमेल मार्फत भर्ना आवेदन दिन सक्ने भनेका छन् ।

निजी क्याम्पसलाई सम्वन्धन दिएको बारेमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ भने चितवनको रामपुरमा रहेको विश्वविद्यालय विगत चार महिनादेखि बन्द छ । विश्वविद्यालयले अदालतमा मुद्दा विचाराधीन रहेको भन्दैसम्वन्धन दिएका निजी कलेजहरुका लागि गएको मंसिर १७ गते भर्ना सम्वन्धी प्रवेश परीक्षा रोक्का गरेको थियो । मुद्दाको बारेमा पुस २६ गते सर्वोच्च अदालतमा पेशी तोकिएको छ । निजी कलेजको प्रवेश परीक्षा रोकेर विश्वविद्यालय केन्द्रीय क्याम्पस र पाँच बटा आफ्ना आंगिक क्याम्पसमा प्रवेश परीक्षा मात्रै लिएको थियो । कृषि संकायको पुस १४ गते र वन संकायको ७ गते प्रवेश परीक्षा लिइएको थियो ।

विश्वविद्यालयले केन्द्रीय क्याम्पसमा १६८ जना र अन्य पाँच आंगिक क्याम्पसमा ५४ जना प्रति क्याम्पसका दरले विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिएको हो । प्रवेश परीक्षा समेत नलिइएको निजी क्याम्पसहरुले खुलाएको भर्नालाई विश्वविद्यालयले मान्यता नदिने कृषि संकायका डिन जयप्रकाश दत्तले बताए । ‘विश्वविद्यालयले नीजि क्याम्पसहरुको प्रवेश परीक्षा नै रद्ध गरिसकेको हो, अब भर्ना खुलाउनेहरुले किन खुलाए उनीहरुले नै जानुन्,’ डिन दत्तले भने, ‘विद्यार्थीहरु भर्ना हुन जाने-नजाने उनीहरुको कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment