Comments Add Comment

नेपाली स्टिकर र इमोजीसहितको हाम्रो नेपाली किबोर्ड

अंग्रेजी नयाँ वर्षको अवसरमा ‘हाम्रो नेपाली किबोर्ड’ एप सार्वजनिक गरिएको छ । पहिलो पटक नेपाली स्टिकरहरु समावेश गरिएको ‘हाम्रो नेपाली किबोर्ड’को नयाँ संस्करण गुगल प्लेस्टोरमा सार्वजनिक गरिएको हो ।

के छ नयाँ संस्करणको ‘हाम्रो नेपाली किबोर्ड’मा ?

स्टिकर

हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरुसहितको स्टिकरहरु राखिएको छ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिने विश्वास लिइएको छ ।

नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएको छ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ ।

थिम

हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थीम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थीम उपलब्ध छ ।

चलनचल्तिको ‘बकमानसिपवज” देवनागरी, अंग्रेजीबाट नेपाली (रोमन ट्रान्सिलिरेसन), रोमनाइज्ड नेपाली युनिकोड तथा अंग्रेजी अक्षर टाइप गर्ने किबोर्ड लेआउटहरु यथावत नै छन् ।

इमोजी
हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा प्रयोगकर्ताको मुडलाई अभिव्यक्त गर्न विभिन्न नयाँ इमोजीहरु पनि थपिएको छ । जुन इमोजीहरु जुनसुकै एपमा सजिलैसँग राख्न तथा शेयर गर्न सकिन्छ ।

नेपाली भाषा तथा अक्षरसँगको प्रयोगकर्ताको प्रेम जारी रहोस् भन्ने उद्देशय रहेको बताइएको छ । अझै थप स्टिकर थप सुविधा तथा सुधारहरु नियमित गर्दै जाने कम्पनीले बताएको छ ।

नयाँ अपडेटबारे कुनै जिज्ञासा, सुझाव अथवा प्रतिक्रियाहरु भए [email protected] मा इमेल गर्न सकिने छ । हाम्रो नेपाली किबोर्ड यहाँ  क्लिक गरेर राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment