Comments Add Comment

कांग्रेस संसदीय दलको कार्यसमितिमा चार सदस्य थपिए

१८ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको कार्यसमितिमा चारजना सदस्य थपिएका छन् ।

संसदीय दलको संशोधित तथा परिमार्जित विधानअनुसार सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले चारजना सांसदहरुलाई संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् ।

विधानको धारा १० को उपधारा २(ग) बमोजित सभापति देउवाले मोरङकी डा. डिला संग्रौला पन्त, ललितपुरका उमेश श्रेष्ठ, रौतहटका देवप्रसाद तिमिल्सिना र दाङकी पार्वता डि.सी. चौधरीलाई सदस्यमा मनोनित गरेका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment