Comments Add Comment

किन हामी पुराना कुरा विर्सन्छौं ?

यादहरु पनि अचमकै हुन्छ । कति कुरा चाहेर पनि भुल्न सकिदैन । कति चाहँदा चाहँदै पनि याद गर्न सकिंदैन । याद गरे पनि कुनै घटना सम्झदा लाग्छ, यो त धेरै पहिलेको घटना हो । जबकी कुनै-कुनै घटना हालैमा घटे जस्तो मात्र लाग्छ।  जबकी त्यो घटना घटेकै २/४ वर्ष भैसकेको हुन्छ ।

आखिर, हाम्रो यादहरु यति धेरै किन तलमाथि भइरहन्छ ? हामी आफ्ना यादहरुलाई किन नियन्त्रणमा राख्न सक्दैनौ ?

जन्मदै सबै कुरा याद हुँदैन

महाभारतमा एउटा घटना भएको थियो । अभिमन्युले गर्भमा छँदै चक्रव्युह भित्र कसरी पस्ने भन्नेबारे थाहा पाइसकेका थिए । अभिमन्यु पेटमै रहेका बेला धनुधर अर्जुनले यसको भेद उनकी गर्भवती आमालाई बताएका थिए ।

महाभारतका अनुसार चक्रव्युहको बारेमा उनले आमाको गर्भमा छँदै यो भेद आफ्ना बुवाबाट थाहा पाएका थिए । तर उक्त चक्रव्युहबाट बाहिर कसरी निस्कने भन्नेबारे उनलाई जानकारी थिएन । किनकी अर्जुनले यसको पनि उपाय बताइरहँदा उनकी आमा भने मस्त निद्रामा थिइन् ।

महाभारतमा उल्लेख गरिएको यो प्रसंगले पनि पुष्टि गर्छ, गर्भमा छँदा पनि बच्चाहरुलाई धेरै कुरा याद हुन्छ ।

एक स्पेशिन कलाकार साल्वाडोर डैलीले पनि यो कुरालाई प्रस्ट पार्दै एउटा किताबमा लेखेका थिए, मेरा पाठकलाई पहिलेको कुरा कत्तिको याद छ, त्यो बेग्लै हो । तर मलाई मेरो विगतको प्रत्येक कुरा याद छ, जुन मलाई हिजोकै घटना जस्तो लाग्छ’ ।

उनले उक्त किताबमा आफ्नो मनोभावना पोख्नु एउटा कुरा होला । तर यर्थाथ के हो भने  प्रत्येक मानिसलाई जन्मने वित्तिकैको याद खासै स्मरण हुँदैन । र, जन्मनु पहिलेका कुनै कुरा स्मरणमा राख्नु पनि खासै सम्भव हुँदैन । किनकी गर्भमा रहदाँ शिशुको मस्तिष्क यति धेरै विकसित भैसकेको हुँदैन कि उसलाई त्यसबेलाको सबै घटना याद होस् ।

त्यतिमात्र हैन, जन्मने वित्तिकै पनि शिशुको दिमाग पूर्णतया विकास  हुनमा समय लाग्ने गर्छ । परिणामस्वरुप, हामीमध्य धेरैलाई बाल्यकालको धेरै कुरा याद रहँदैन । र, बाल्यकालको कुरा याद भन्ने भन्ने व्यक्तिलाई पनि आˆनो बाल्यकालमा के भएको थियो भन्ने खासै याद रहँदैन ।

मौसमले पनि पार्छ प्रभाव

सुन्दा अचम्म लाग्छ सक्छ । तर यो सही हो, कयौ याद सञ्चय गर्न वातावरणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यो कुरालाई मनोवैज्ञानिकहरुले समेत भन्दै आएका छन् । उनीहरुका अनुसार हाम्रो मस्तिष्कले के कस्ता कुरालाई छिट्टै याद राख्छ भन्ने कुरा त्यसबेलाको समय, परिस्थिति र वातावरणमा भर पर्ने गर्छ ।

उदाहरणको लागि जाडोमा हिउँ खेलेको कुरा मस्तिष्कले जति छिटो याद गर्न सक्छ, सामान्य गतिविधि त्यसरी राम्ररी याद नहुनसक्छ ।

त्यस्तै, पढने क्रममा जो व्यक्ति कफी पिउँछन्, वा चुइगम चपाउँछन्, उनीहरुलाई जुनसुकै कुरा याद हुने गर्छ । त्यस्तै, विभिन्न प्रकारको गन्ध पनि हामीलाई धेरै दिनसम्म याद रहने गर्दछ । त्यसैले, परीक्षाको क्रममा परफ्युम लगायतका गन्धको प्रयोग गर्नु उचित मानिन्छ ।

टेलिस्कोपिङ्ग पनि एउटा समस्या

कति कुरा याद राख्नु र विर्सनुमा टेलिस्कोपिङ्ग पनि एउटा कारण हुनसक्छ । टेलिस्कोपिङ्गका कारण मतिस्कको टाइम लाइन तलमाथि हुने गर्छ । जसले गर्दा कयौ घटना हामीलाई हालैमा भएको घटना झै लाग्ने गर्छ भने कयौ घटना, जुन हालैमा भएको हो, हामीलाई पुरानो घटना लाग्ने गर्छ । र, त्यस्ता घटना हामी विर्सने कोशिश गर्छौ ।

विभिन्न शोधहरुले समेत यो कुरालाई पुष्टि गरिसकेको छ । शोधहरुका अनुसार जतिजति समय वित्दै जान्छ, हामीलाई कुनै एउटा घटना हालैमा भएको घटना झै लाग्ने गर्छ ।जबकी केही घटना यस्ता पनि हुन्छन्, जुन हालै घटेको हुन्छ । तथापी, उक्त घटना सम्झदा लाग्छ, यो घटना भएको त धेरै वर्ष भैसक्यो ।

ओभर कन्भिडेन्स

याद तथा विभिन्न कुरा स्मरण गर्नु र विर्सनुमा ओभर कन्पिmडेन्ट पनि कारक रहने गर्छ । किनकी कयौ मानिसलाई आˆनो स्मरण शक्ति देखेर घमण्ड लाग्ने गर्छ । उनीहरु सोच्छन्, मेरो जस्तो तेजिलो याददाश्त अरु कसैको हुँदैन ।  जबकी आफैमाथिको अन्धविश्वास हामीलाई धेरै पटक भारी पर्छ ।

उदाहरणका लागि परीक्षाको समयमा बच्चाहरुलाई लाग्छ, कि उनीहरुलाई पढेको सबै कुरा याद छ । जबकी लेख्ने बेलामा भने उनीहरु सबै कुरा विर्सने गर्छन् ।

हामी आˆनो भावी योजनालाई लिएर पनि निकै पटक ओभर कन्पिmडेन्ट हुने गर्छौ । जसले गर्दा कयौ पटक हामी त्यसको चपेटामा समेत पर्छौ ।

सामाजिक सञ्जालको कुलत

सामाजिक सञ्जालको कुलत पनि यसको मुख्य कारण मानिन्छ । आजकल हातहातमा रहेको स्मार्टफोनका कारण मानिसहरु फेसबुक, टुइटर, इन्ट्राग्राममा यति धेरै निर्भर छन् कि ससाना कुरा याद राख्न समेत उनीहरु यसकै सहयोग लिन्छन् । उनीहरु कुनै विशेष दिनको तिथि, मिति सम्झन पनि यसकै उपयोग गर्छन् । जसका कारण मानिसहरु यस्ता प्रविधिमा यति धेरै हराइसकेका छन् कि उनीहरु आफ्नो मस्तिष्कले थोरै पनि उपयोग नै गर्न चाहँदैनन् । परिणामस्वरुप, सामाजिक सञ्जालमा राख्न जुन कुरा जरुरी छ, हामी त्यही कुरामात्र स्मरण गर्न थाल्छौ । जबकी बाकी कुरालाई भने हामी मस्तिष्कबाट डिलिट गरिदिन्छौ । यसले मस्तिष्कलाई प्रभावित पार्नुका साथै पूराना यादहरुलाई समेत प्रभावित पार्ने गर्दछ ।

र, सामाजिक सञ्जालको मद्दतले विगतको घटना स्मरण भएपनि त्यसबेला गरिएका कतिपय कुरा भने हामी भुल्ने गर्दछौं ।

विटि्रस मनोवैज्ञानिक जुली शाँ भन्छिन्, अहिलेको सामाजिक सञ्जालले हाम्रो अनुभव संगालिरहेको छ । यो नै हाम्रो जीवनको महत्वपूर्ण अनुभूति बनेको छ । परिणामस्वरुप, हाम्रो मनमस्तिष्कले ती यादहरुलाई विर्सन थाल्छ, जुन उसलाई जरुरी लाग्दैन । विविसी हिन्दीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment