Comments Add Comment

कैलाली उद्योग वाणिज्य संघमा ३ प्यानलको उम्मेदवारी दर्ता

१८ पुस, धनगढी । कैलाली उद्योग वाणिज्य संघको पुस २८ गते हुने निर्वाचनका लागि वटा प्यानलले मनोनयन दर्ता गरेका छन् । वर्तमान महासचिव रुपेश स्वाँर, कोषाध्यक्ष पुष्पराज कुँवर र सदस्य डिल्लीराज अवस्थीले प्यानल सहित मनोनयन दर्ता गरेका हुुन् ।

डिल्लीराज अवस्थीले प्यानलमा २ जना सदस्यको मनोनयन दर्ता भएको छैन । स्वाँरको प्यानलबाट वाणिज्यतर्फको उपाध्यक्षमा गजराज पाण्डेय, उद्योगतर्फका उपाध्यक्षमा टेकबहादुर खड्का, वस्तुगत उपाध्यक्षमा अनिल कुमार भुजानिया, महासचिवमा सुरेश पाण्डेय, कोषाध्यक्षमा भीष्मराज ओझा, सचिवमा सुजित शर्मा मनोनयन दर्ता गरेका छन् ।

कुँवरको प्यानलमा उद्योगतर्फको उपाध्यक्षमा पुष्कर ओझा, वाणिज्यतर्फको उपाध्यक्षमा गगन केसी, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, महासचिवमा ओम विष्ट, कोषाध्यक्षमा दिनेश लम्साल र सचिवमा सिद्धराज पनेरुले मनोनयन दर्ता गरेका छन् । हालका कार्यसमिति सदस्य डिल्लीराज अवस्थीले पनि २ जना सदस्यबाहेक अन्य पदहरुमा आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयनउपर पुस १९ गते उजुरी छानबिन, १९ र २० गते विहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, पुस २० गते साँझ साढे ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।

त्यसपछि पुस २८ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्नका लागि निर्वाचन कार्य तालिका बनाइएको निर्वाचन समितिले जनाएको छ । निर्वाचनमा दुई हजार सात सय ४ जनाले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment