Comments Add Comment

कर्माछिरिङको दाबीमा ललितपुर अध्यक्षको आपत्ति

१८ पुष, काठमाडौं । ग्रासरुट फुटबलमा काम नगरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाको आरोपमा ललितपुर फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाले आपत्ति जनाएका छन् ।

अनलाइनखबरलाई दिएको अन्तरवार्तामा थापाले एन्फामाथि भ्रष्टाचार र अनियमितता दाबी गर्दै आएका छन् । तर, अध्यक्ष कर्माछिरिङले अनलाइनखबरलाई दिएको अन्तरवार्तामा त्यसको खण्डन गर्दै भ्रष्टाचारको दाबी गर्नेहरुलाई फुटबलको विनाशमा लागेको आरोप लगाएका थिए ।

४५ जिल्लामा ‘ग्रासरुट’ फुटवलको काम भइरहेको छ । पत्रकार सम्मेलन भएका चार वटै जिल्ला मध्ये काठमाडौं, भक्तपुर र धादिङले ‘ग्रासरुट’ फुटबललाई निरन्तरता दिएको छैन’ कर्माछिरिङको दाबी छ ।

यो पनि पढ्नुहोस फिफाबाट तीन करोड होइन, साढे बाइस करोड आएको हो : कर्माछिरिङ शेर्पा

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाले ग्रासरुट कार्यक्रम सुरु भएको दाबी गरेका छन् । उनले भने ‘तीन वटा जिल्लाले ग्रासरुटका कार्यक्रम गरिरहेको छैन । झनै ललितपुरले त ओपनिङ नै गरेको छैन भनेर उहाँले भन्नु भएको छ । उहाँलाई म भिडियोले मुखमा हानी दिन्छु ।’

तर, आर्थिक अभाव लगायतका कारण ग्रासरुट फुटबललाई निरन्तरता दिन नसकेको उनले स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment