Comments Add Comment

छैटौं इन्द्रियले कसरी काम गर्छ ? यसलाई कसरी बढाउने ?

छैटौं इन्द्रियका बारेमा धेरैले सुनेका छौं । कयौले अनुभति पनि गरेका छौं । देखेका भने छैनौ । सामान्यतया मानिसको शरीरमा नाक, कान, आँखा, छाला र जिब्रो गरी जम्मा पाँचवटा इन्द्रिय हुन्छ । यी पाँच इन्दि्रयलाई दृष्टि, सुध्ने शक्ति, स्वाद, सुन्ने शक्ति र स्पर्श भन्ने गरिन्छ ।

तर, हाम्रो शरीरमा अर्को एउटा इन्दि्रय पनि हुन्छ, जसलाई छैटौ इन्द्रिय भनिन्छ, जो आँखाले त देखिदैन तर त्यसलाई अनुभति गर्न भने सकिन्छ । जसलाई बोलीचालीको भाषामा ‘सिक्स्थ सेन्स’ पनि भनिन्छ । आखिर, ‘सिक्स्थ सेन्स’ भनेको के हो ? यो अनुभुति कहाँबाट प्राप्त गर्न सकिन्छ ? कसरी यसलाई जागृत गर्ने ? यी यावत् कुराहरु छन्, जसबारे बुझेको खण्डमा हामी पनि आफ्नो छैटौ इन्द्रिय (सिक्स्थ सेन्स) जागृत गर्न सक्दछौ ।

कहाँ हुन्छ छैटौं इन्द्रिय ?

हाम्रो शरीरमा कपालको ठिक तल एउटा नरम छिद्र हुन्छ, जसलाई ब्रहारंध भनिन्छ । त्यहीबाट सुषुम्ना नाडी मेरुदण्डको हड्डी हुँदै मुलाधार सम्म पुग्दछ । भनिन्छ, इडा नाडी शरीरको बायाँ भाग र पिंगला नाडी शरीरको दायाँ भागमा रहेको हुन्पंगला नाडी शरीरको दायाँ भागमा रहेको हुन्छ । जबकी सुषुम्ना नाडी बीचमा रहेको हुन्छ । यही नाडीलाई नै सात चक्र र छैर्टा इन्द्रियको केन्द्र मानिने गरिन्छ । सामान्यतया छैटौं इन्दि्रय सुप्त अवस्थामा रहेको हुन्छ । यसलाई विभिन्न पद्धति अनुसार सक्रिय गराउन सकिन्छ ।

छैटौ इन्द्रिय सक्रिय भएमा के हुन्छ ?

छैटौ इन्द्रियलाई पूर्वाभाससित पनि जोडिन्छ । भनिन्छ, छैटौ इन्द्रिय जागृत भएमा भविष्यमा हुनसक्ने घटना पहिले नै थाहा पाउन सकिन्छ ।  सात समुन्द्र पारी बसेका मानिसको कुरा पनि सुन्न सकिन्छ । कसको मनमा के छ भन्ने कुरा पनि जान्न सकिन्छ ।

भनिन्छ, छैटौ इन्द्रिय जागृत भएमा व्यक्तिको मस्तिष्कले दस गुणा ज्यादा काम गर्न थाल्दछ  र आफ्नो वरिपरि भैरहेको गतिविधिलाई पूर्वाभास गर्न सक्दछ । यसबाहेक, व्यक्तिले आफू वरिपरिको नकारात्मक शक्तिलाई समेत महसुस गर्न सक्दछ । तर त्यसको लागि छैटौं इन्द्रिय के हो भन्नेबारे जानकारी हासिल गर्न जरुरी छ । किनकी एक पटक छैटौ इन्द्रिय जागृत भएमा मानिसले विभिन्न  कि्रयाकलाप गर्न सक्छ ।

छैटौं इन्द्रियबारे विज्ञान के भन्छ ?

एक शोधका अनुसार एक तिहाई मानिसमा जागृत हुने छैटौ इन्द्रियकै कारण हामीलाई भविष्यमा हुनसक्ने गतिविधिबारे पूर्वाभास हुने गर्छ । त्यस्ता गतिविधिलाई महसुस गर्नुका साथै देख्न पनि थाल्छौ । र, त्यो घटना हुनबाट जोगाउन पनि सक्छौ ।

कसरी जागृत गर्ने छैटौ इन्द्रियलाई ?

प्राणायाम

प्राणायामद्वारा पनि छैटौ इन्द्रियलाई जागृत गर्न सकिन्छ । र छैटौं इन्द्रियलाई जागृत गर्न सबैभन्दा पहिले वायु कोशिकालाई जागृत गर्न पर्दछ । फोक्सो र  हृदयको करोडौं वायु कोशिकामा हावा नपुगेर पनि मस्तिष्कको केही भागले काम गर्न सक्दैन ।

यही कारण हो कि मस्तिष्कको १५ देखि २० प्रतिशत भागले मात्र काम गर्दछ । वायु कोशिकासम्म प्रााणवायु पुग्नाले शरीरको प्रतिरोधी क्षमता बढ्ने गर्छ । नयाँ रक्तकोषिकाको निर्माण हुन्छ । सबै नाडी कार्य गर्न थाल्छ । ससाना टिस्यु निर्माण हुन थाल्छ । जसले गर्दा अनुहारमा समेत चमक आउन थाल्छ ।

ध्यान

दुवै आँखी भौको बीच भागको भागमा केन्दि्रत रहेर नियमित ध्यान गर्नाले आज्ञाचक्र जागृत हुन थाल्दछ । र, छैटौ इन्दि्रय जागृत हुन थाल्दछ ।

त्राटक

त्राटक कि्रयाद्धारा पनि छैटौ इन्द्रियलाई जागृत गर्न सकिन्छ । त्राटक क्रियामा व्यक्ति आँखा नझिम्काई लामो समयसम्म एक टक भएर बस्न सक्दछ । केही समय एक टक भएर बस्नाले पनि मानिसको एकाग्रता बढ्दछ र छैटौ इन्दि्रय जागृत हुन थाल्दछ । यसको लागि केही समय अभ्यास गर्न जरुरी छ ।

मौनता

मौनताले मनको क्षमतामा वृद्धि गर्छ । जसले गर्दा काल्पनिक शक्ति र आभार गर्ने क्षमतामा वृद्धि हुने गर्छ । यसकै माध्यमद्धारा मानिसले पूर्वाभास गर्नुका साथै भविष्यमा हुनसक्ने घटनाबारे पहिले नै थाहा पाउन सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment