Comments Add Comment

जापानका नाममा ठगी तीव्र, सरकारले भन्यो-राहदानी र पैसा कतै नबुझाउनू

१८ पुस, काठमाडौं । जापानले नेपाललाई श्रमिकको स्रोत मुलुकका रुपमा राख्ने बित्तिकै बजारमा त्यसकै नामा ठगी सुरु भएको छ । विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा सेन्टररुले आफैंले जापान पठाइदिने भन्दै विज्ञापनसम्म प्रकाशित गर्न भ्याइसकेका छन् ।

सरकारले भने कामदारहरुलाई जापान पठाउने नाममा देखाइने कुनै पनि किसिमका प्रलोभनमा नपर्न आग्रह गरेको छ । वैदेशिक रोजगार विभागले सूचना नै प्रकाशित गरेर त्यस्तो भ्रममा नपर्न सचेत गराएको छ ।

विभागका निर्देशक भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा जापानमा रोजगारी पाइने हल्लाको पछि नलाग्न अनुरोध गरिएको छ । विभागले यस्तो प्रलोभनमा परेर राहदानी तथा पैसा नबुझाउने आग्रह गरेको हो ।

विभागले जापानसँग श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल भएर टुंगो लगाउन बाँकी रहेको जनाएको छ । त्यसैले म्यानपावर कम्पनी, कन्सल्टेन्सी तथा व्यक्तिलाई पैसा तथा राहदानी नदिन अपील गरेको हो ।

अहिले हल्लाकै भरमा ठगहरुले जापानको नाममा पैसा उठाउन सुरु गरिसकेको सूचना सरकार समक्ष पुगेको छ । कसैले राहदानी लिएर पैसा उठाए उने मन्त्रालय, विभाग वा प्रहरीलाई सूचना दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

जापान पठाउने काम सरकारी संयन्त्रमार्फत पारदर्शी रुपमा गरिने भएकाले कसैको आश्वासनका भरमा रकम नबुझाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ ।
विभागले यसरी विज्ञापन निकालेर कामदार ठग्ने काममा संलग्न नहुन त्यस्ता म्यानपावर र कन्सल्टेन्सीहरुलाई सचेत गरएको छ । अटेर गरे कारवाही गरिने निर्देशक गुरागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment