Comments Add Comment

चीनसँग एकीकृत हुन ताइवानलाई राष्ट्रपति सीको आग्रह

१८ पुस, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई स्वतन्त्र हुनुभन्दा चीनमा शान्तिपूर्ण रुपमा एकीकरण हुन आग्रह गरेका छन् । उनले त्यसका लागि सैन्य शक्ति प्रयोग गर्ने विषय पनि त्यागिनसकेको बताएका छन् ।

चीनले अहिले पनि ताइवानलाई आफ्नै भू क्षेत्रभित्रको राष्ट्रको रुपमा लिने गरेको छ । जबकी सन् १९४९ देखि दुबै देश स्वतन्त्र रुपमा सञ्चालन हुँदै आएका छन् ।

चीन एकीकृत हुन्छ र हुनुपर्छ, जुन नयाँ युगका चिनियाँ जनताको रुपान्तरणका लागि अपरिहार्य छ’ सिले ग्रेट हल अफ दी पिपुलमा बुधबार आयोजित कार्यक्रममा भने ।

ताइवानले मुद्रा, राजनीतिक तथा न्याकि पद्धति आदिबाट सार्वभौम राष्ट्रजस्तो देखाएको छ, तर उसले चीनबाट स्वतन्त्र रहेको घोषणा गरेको छैन । तर ताइवानमा राष्ट्रपति तासी इङ वेन आएपछि उनीले आफ्नो देश चीनको एउटा भागको रुपमा अस्वीकार गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment