Comments Add Comment

उपत्यकाब्यापी अन्तरकलेज फुटसल प्रतियोगिता शुरु

१८ पुस, काठमाडौं । नेकपा निकट अखिल (क्रान्तिकारी) विश्वविद्यालय तथा सिटिइभिटी समन्वय समितिद्वारा आयोजित उपत्यकाब्यापी अन्तर कलेज फुटसल प्रतियोगिता बुधबारबाट शुरु भएको छ।

प्रतियोगितामा उपत्यकाका त्रिभुवन विश्वविद्यालय बाहेकका सबै विश्वविद्यालय र सिटिइभिटी अन्तर्गतका कुल ४० वटा कलेजले भाग लिएका छन् ।

३ दिनसम्म चल्ने सो प्रतियोगिताको उद्घाटन बालुवाटारस्थित एक्सेल फुटसलमा अनेरास्ववियू (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले गरेका थिए।

प्रतियोगितामा विजेतालाई ७० हजार नगद र उपविजेतालाई ४० हजार नगद सहित ट्रफी र मेडल प्रदान गर्ने क्रान्तिकारीका विश्वविद्यालय कमाण्ड संयोजक संजय काल्धनले जानकारी दिए। प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र टप स्कोररलाई समेत पुरस्कार दिइने संयोजक काल्धनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment