Comments Add Comment

सरकार र आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमति

१८ पुस, काठमाडौं । कर्मचारी समायोजनलाई लिएर सरकार र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनबीच नौबुँदे सहमति भएको छ ।

सहमतिअनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा जाने सबै समूहका कर्मचारीलाई तत तत सेवामा बढुवा नपाएसम्म केन्द्रमा बढुवाको अवसर दिइनेछ । सरकारले कर्मचारी अध्यादेश ल्याएपछि देशभर कर्मचारी आन्दोलित भएका थिए ।

तर, सरकारले बुधबार साँझ आधिकारिक ट्रेड युनियनसँग सहमति गरेको छ । सहमतिअनुसार समायोजनलाई सहज र वृत्ति विकास लगायतलाई व्यवस्थित बनाउन समायोजनमा जानेको सेवा, शर्त र सुविधाको सुरक्षा निजामती ऐन २०४९ अनुसार सुनिश्चित गर्ने, प्रदेश वा स्तानीय तहमा जानेलाई साविकको स्तर र जेष्ठतामा असर नपर्ने गरी कानुन बनाउने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment