Comments Add Comment

साउथहृयाम्पटनसँग चेल्सी रोकियो

१९ पुस, काठमाडौं । चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा साउथहृयाम्पटनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

बुधबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा बलियो टिम चेल्सी निकै कमजोर मानिएको साउथहृयाम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलअवधिभर बल पोजिसनमा आफ्नो पकड भएपनि चेल्सीले गोल गर्न भने सकेन । चेल्सीले गरेको एकपछि अर्को प्रहार खेर गएको थियो ।

बराबरीसँगै लिगको चौथो स्थानमा रहेको चेल्सीको २१ खेलबाट ४४ अंक भएको छ । यता, साउथहृयाम्पटनको २१ खेलबाट १६ अंक रहेको छ ।

पि्रमियर लिगअन्तर्गत नै बुधबार राति भएका खेलमा क्रिष्टल प्यालेसले वोल्भसलाई २-० गोलले र बर्नेलीले हडर्सफिल्डलाई २-१ गोलअन्तरले पराजित गरेका छन् ।

त्यस्तै, वाटफोर्ड र बोर्नेमाउथ ३-३ गोलको बराबरीमा रोकिदा अर्को खेलमा वेष्टहृयाम र बि्रगटोन पनि २-२ गोलको बराबरीमा रोकिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment