Comments Add Comment

घलेम्दी हाइड्रो पावरको आईपीओ खुल्यो

१९ पुस, काठमाडौं । घलेम्दी हाइड्रो पावर लिमिटेडको आईपीओ आज (बिहीबार) देखि खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि यस अघि आईपीओ जारी गरेको थियो ।

आयोजना प्रभावितहरुले नकिनेको समेत गरी कम्पनीले सर्वसाधारणका लागि आजदेखि १५ लाख ३३ हजार ७ सय ७० कित्ता अर्थात १५ करोड ३३ लाख बढी रुपैयाँ बराबरको साधारण सेयर -आईपीओ) का लागि आवेदन खुला गरेको हो ।

कम्पनीको आईपीओका लागि न्युनतम ५० कित्ता देखि अधिकतम् १० हजार कित्तासम्म आवेदन दिन सकिने बताइएको छ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपीओका आवेदन छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गते बन्द हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment