Comments Add Comment

भदौ १३ मा फिल्म नै फिल्म, साम्राज्ञी र पुष्पलको ‘मारुनी’ पनि आउने

आउँदो बर्षको भदौ १३ गतेलाई लक्षित गर्दै जुन तरिकाले चलचित्रको रिलिज डेट फाइनल गरिएको छ, यो हेर्दा यो मितिमा पनिठूलै जुधाई हुने निश्चित छ । यो मितिमा विकासराज आचार्यको निर्देशनमा तयार भैरहेको चलचित्र ‘हजार जुनी सम्म’ आउने पक्का जस्तै छ ।

अब, यही मितिमा छायांकन सुरु नभएको चलचित्र ‘मारुनी’ले पनि रिलिज डेट तोकेको छ । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गर्न लागेको यो चलचित्रलाई पनि भदौ १३ गते नै रिलिज गर्ने सहमती गरिएको छ । काठमाण्डौ बाहिरका लागि एफडी कम्पनीले यो मितिलाई फाइनल गरेको हो । एफडीका प्रमुख नरेन्द्र महर्जनले निर्माताको माग अनुसार नै रिलिज मिति तय गरिएको बताए ।

नवल नेपालको निर्देशन रहने फिल्म ‘मारुनी’ भदौ १३ मा प्रदर्शन हुने भएको छ । पुनम इन्टरटेनमेन्टको ब्यानरमा पुनम गौतमले निर्माण गरिरहेको फिल्मले बुधबार वितरणका लागि एफडी कम्पनीसँग सम्झौता गर्दै प्रदर्शन मिति ‘लक’ गरेको हो ।

नवल नेपालले निर्देशन गर्न लागेको यो चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्पल खड्का र रेबिका गुरुङ मुख्य भूमिकामा छन् । त्रिकोणात्मक प्रेमकथा बन्न लागेको चलचित्रमा गोविन्द फुयाँल र निर्देशक नवल नेपाल को कथा छ । संजय लामाको छायांकन रहने चलचित्रलाई माघको अन्तिमबाट खिचिनेछ । चलचित्रको निर्माणमा अजय पोखरेल र राजा प्रधानले पूनमलाई साथ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment