Comments Add Comment

जनवरी १ मा विश्वमा कति बच्चा जन्मिए ? नेपालमा झण्डै १६ सय

अंग्रेजी क्यालेन्डरको नयाँ वर्ष सोमबार जनवरी १ मा विश्वभर नै धुमधामसँग मनाइयो । यो त हामी सबैलाई थाहा भयो । तर नयाँ वर्षको पहिलो दिन दुनिया भरमा कति बच्चा जन्मिए ? थाहा छ ?

सायद तपाईं हामीलाई दुनियाँ भरको तथ्यांक अड्कल काट्न गाह्रो होला । तर संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनवरी १ मा विश्वभर जन्मिएका बच्चाको संख्याको अनुमानित विवरण सार्वज्निक गरेको छ

युनिसेफका अनुसार जनवरी १, २०१९ का दिन विश्वमा ३ लाख ९५ हजार ७२ जना बच्चा जन्मिएका छन् । रोचक कुरा त के भने जनवरी १ का दिन जन्मिएका झण्डै ४ लाख बच्चामध्ये आधा त जम्मा ७ वटा देशमा जन्मिएका छन् ।

जनवरी १ का दिन सबैभन्दा धेरै बच्चा जन्मिने देश भारत हो । भारतमा जनवरी १ का दिन ६९ हजार ९४४ जना बच्चा जन्मिए । जुन कूल जन्मिएका बच्चाको १८ प्रतिशत हो ।

दोश्रो स्थानमा चीन रहेको छ । उक्त दिन चीनमा ४४ हजार ९४० जना बच्चा जन्मिएका छन् । तेस्रो रै बच्चा जन्मिने देश नाइजेरिया हो । जहाँ सो दिन २५ हजार ६८५ जना बच्चा जन्मिए । चौथो स्थानमा रहेको पाकिस्तानमा १५ हजार ११२ जना बच्चा जन्मिएका छन् ।

त्यस्तै इण्डोनेसियामा १३ हजार २५६ जना, अमेरिकामा ११ हजार ८६ जना, कंगोमा १० हजार ५२ जना तथा बंगलादेशमा ८ हजार ४२८ जना बच्चा जन्मिएका छन् ।

त्यस्तै ब्राजिलमा ७८५८ जना, इजिप्टमा ७ हजार ९९ जना, इथियोपियामा ८१८५ जना, मेक्सिकोमा ६२१५ जना, रुसमा ४६७४ जना, फिलिपिन्समा ६७२९ जना बच्चा जन्मिएका छन् ।

नेपालमा कति जन्मिए बच्चा ?

युनिसेफको तथ्यांकलाई आधार मान्ने हो भने सन् २०१९ को पहिलो दिन अर्थात् गत जनवरी १ मा नेपालमा १५ सय ९१ जना बच्चा जन्मिएका छन् । नेपालको औषत आयुलाई आधार मान्दा सन् २०१९ मा जन्मिएको बच्चा सरदर सन् २०९० सम्म बाँच्ने पनि युनिसेफले जनाएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment