Comments Add Comment

नगर र गाउँ कार्यपालिका सदस्यको तलब दोब्बर वृद्धि

१९ पुस, हेटौंडा । प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने निर्णय गरेको छ ।

बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।

अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।

बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यू भएका परिवारलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १/१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्यविधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता  ढुङ्गेलले बताए ।

बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको राजनितिक सल्लाहकारमा नेकपाका नेता जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । थपलिया तत्कालिन एमालेको चितवन जिल्ला पूर्वअध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment