Comments Add Comment

दिपेन्द्रको फिल्ममा सुरक्षाको ह्याट्रिक

यस्तो लाग्दैछ, निर्देशक तथा निर्माता दिपेन्द्र के खनालका लागि नायिका सुरक्षा पन्त विशेष छिन् । किनकी, दिपेन्द्रका चलचित्रमा सुरक्षा नछुट्नुले पनि यो कुराको संकेत गर्दछ । केही दिन अगाडि निर्माण घोषणा गरिएको चलचित्र ‘घर’का लागि नायिकाको रुपमा सुरक्षा पन्त फाइनल भएकी छिन् ।

डीएस डिजिटलको ब्यारनमा निर्माण हुन लागेको हरर कथाको यो चलचित्रमा सुरक्षा फाइनल भएको दिपेन्द्रले जानकारी दिएका छन् । यो चलचित्रलाई अर्पण थापाले लेखन तथा निर्देशन गर्दैछन् । चलचित्रमा अर्पण नै मुख्य भूमिकामा छन् ।

चलचित्रको घोषणा सभामा नायिका फाइनल नभएको जानकारी दिइएको थियो । दिपेन्द्रले यो चलचित्रलाई निर्माण गर्दैछन् । शर्मिला पाण्डेको लगानी रहने चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ । सुरक्षाले यसअघि दिपेन्द्रले निर्देशन गरेको ‘धनपति र चंगाचेट’मा काम गरिसकेकी छिन् । यसैले, दिपेन्द्रको चलचित्रमा उनको ह्याट्रिक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment