Comments Add Comment

पलले ७ महिनामा राम्रा फिल्म नै पाएनन्

नायक पल शाहले गतबर्षको चैत्रमा रिलिज भएको चलचित्र ‘शत्रु गते’पछि नयाँ चलचित्रमा साइन गरेका थिएनन् । उनलाई नयाँ चलचित्र ‘विर विक्रम २’ साइन गर्नका लागि ७ महिना लाग्यो । तर, यो चलचित्र उनले २ दिनमै साइन गरेका थिए । नायक आकाश श्रेष्ठले छाडेपछि पलले यो चलचित्र २ दिनको अन्तरमा नै साइन गरेका थिए ।

चलचित्र ‘शत्रु गते’मा काम गरेपछि आफ्नो भूमिका फरक गर्ने र कथा राम्रो खोज्ने बताएर खाली बसेका पलले किन एक्कासी यो चलचित्रमा काम गरेका होलान् ? आज आयोजित चलचित्रको गीत सार्वजनिक कार्यक्रममा पलले भने–‘मैले हतार गरेको भए यत्रो समय लगाउने थिइन । यो चलचित्रको कथा मन परेर साइन गरेँ ।’

उसो भए तपाइले ७ महिनामा अफर आएका चलचित्रको कथा राम्रो पाउनु भएन त ? पत्रकारको प्रश्नमा उनले जवाफ दिए–‘हो, त्यसै भन्नुपर्ला ।’नायक पल शाहले यो चलचित्र छाडेका आकाश श्रेष्ठलाई ‘धन्यवाद’ मात्र भने । पलले चलचित्रमा ‘म यस्तो गीत गाउँछु’मा बनाएको जस्तै हेयर स्टाइल बनाएका छन् भने उनको लुक्समा पनि खासै परिवर्तन देखिएको छैन । तर, उनले भने कथा राम्रो नआएकाले ७ महिनामा कुनै पनि चलचित्रमा काम नगरेको बताएका छन् । अब, पलले राम्रो कथा भनेर साइन गरेको चलचित्र ‘विर विक्रम २’ कस्तो बनेको छ, यसका लागि प्रदर्शन मिति कुर्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment