Comments Add Comment

यात्रामा कब्जियतको समस्याः यस्तो छ समधान

लामो दुरीको यात्रा गर्ने क्रममा धेरैलाई कब्जियतको समस्या हुने गर्छ । यस्ता समस्या कुनै एक व्यक्तिलाई मात्र हुँदैन । जोसुकैलाई हुन सक्छ । र, यसकै कारण धेरैलाई स्वास्थ्य सम्बन्धि विभिन्न समस्या भएको पनि हुनसक्छ ।

र, यात्रामा हुने कब्जियत सम्बन्धि यस्तो समस्यालाई ‘भ्याकेसन कब्जियत’ वा ‘भ्याकेशन इंडयूस कन्स्िटपेशन’ पनि भन्ने गरिन्छ ।

यो समस्या विशेषगरी यात्राका क्रममा बाथरुम जानमा तल माथि भएमा निम्तिने गर्छ । र यो समस्या बसमा यात्रा गर्नेहरुमा धेरै हुने गर्छ । कब्जियत भएमा छुट्टीको रमाइलो त सकिन्छ नै । साथै, स्वास्थ्य सम्बन्धि अन्य कयौ समस्या पनि निम्तिन सक्छ ।

त्यसैले , तपाई पनि कतै गएर अंग्रेजीको नयाँ वर्ष मनाउने सोचमा हुनुहुन्छ वा नयाँ वर्ष मनाउनकै लागि केही समय कामबाट विराम लिएर पोखरा, सौराहा, धुलिखेल, नगरकोट वा अन्य कुनै ठाउँ घुम्न जाने सोच्दै हुनुहुन्छ भने कब्जियतबारे पनि अवश्य सोच्नुहोला । किनकी हामी कतै छट्टीमा जानु अघि लुगा मिलाउने, आवश्यकताको सामान लैजाने देखि सबै किसिमका तयारी त गर्छौ । तर कब्जियतका कारण हुनसक्ने समस्याबारे ख्याल गर्दैनौ । आखिर, किन हुन्छ, यात्राका क्रममा कब्जियत ?

समयको गडबडी

मल त्याग गर्ने पनि मानिसको निश्चित समय हुन्छ । मानिसहरु विहान उठेर त्यही समयमा मात्र मल त्याग गर्छन् । तर यात्राको क्रममा बाथरुम नभेटेर पनि मानिसहरु कयौ पटक भनेको समयमा मल त्याय गर्न पाउँदैनन् । जसका कारण उनीहरुमा कब्जियतको समस्या निम्तने गर्छ ।

संक्रमणको डर पनि कारण

कयौ मानिस संक्रमण हुने डरले पनि पव्लिक ट्वाइलेट प्रयोग गर्नबाट डराउने गर्छन् । जसका कारण यात्राका क्रममा उनीहरुलाई शौचालय प्रयोग गर्नबाट हच्किन्छन् । जसका कारण उनीहरुमा कब्जियतको समस्या निम्तिने गर्छ ।

अदुवा हालेको चियाको सेवन

अदुवामा एन्टी अन्टिअक्सिडेन्ट तथा जिंजोरेल नामक तत्व पाइन्छ । जसले शरीरमा कब्जियतको समस्या कम गर्न मद्दत गर्छ । यसबाहेक,  अदुवा हालेको चियाको सेवनले शरीरको व्लड सर्कुलेशनलाई प्रभावकारी बनाउँछ । पाचन तन्त्रलाई सुदृढ बनाउँछ ।

बेलाबेलामा हिड्ने

लामो दुरीको यात्रा तय गर्नु छ भने बेलाबेलामा हिड्नु पर्छ । किनकी लामो समय एकै ठाउँमा बस्दा आन्द्राको काममा अवरोध पुग्छ । जबकी थोरै मात्र हिड्डुल गरेपनि शरीर तन्किन गर्छ । जसका कारण पेटमा दवाव पैदा भई कब्जियतको समस्या कम हुन्छ ।

प्रशस्त मात्रामा पानी पिउने

पानीको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन र  शरीरलाई हाईड्रेटेड राख्न मद्दत गर्छ । साथै, यसले शरीरको विषाक्तता समेत नष्ट गर्छ । त्यसैले, यात्राका क्रममा अत्याधिक मात्रामा पानी पिउनु पर्छ । पानीले पेटलाई स्वस्थ राख्नुका साथै कव्जियत हुनबाट जोगाउँछ ।

क्याफिन र मदिरा नपिउने

क्याफिन र  मदिरा दुवै स्वास्थ्यका लागि खासै राम्रो मानिदैन । बरुको यसको सेवनले पेटको समस्या बढ्न सक्छ । त्यसैले, प्रत्येक पलट यात्रामा जाँदा यस्ता पदार्थ पिउनबाट बच्नुपर्छ  ।

स्वस्थ खानेकुरा सेवन गर्ने

स्वस्थ एवं पौष्टिक खाद्य पदार्थले शरीरलाई स्वस्थ राख्नुका साथै कब्जियतको समस्यालाई पनि नियन्त्रण गर्छ । त्यसैले, यात्राको क्रममा कब्जियतको समस्या नहोस् भन्नका लागि स्वस्थ खाद्य पर्दाथ साथैमा राख्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment