Comments Add Comment

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजनाः रुना धिमालले जितिन् १ लाख

१९ पुस, काठमाडौं । सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ योजना अन्तर्गतको तेस्रो महिनाको लक्की ड्र मार्फत रुना धिमालले १ लाख जित्न सफल भएकी छिन् ।

साउदी अरबको अरब नेशनल बैंक टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको १ लाखको मासिक लक्की ड्रमा परी मोरङकी रुना धिमाल विजेता घोषित भइन् ।

यस उपहार योजना अबधीमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत १ हजार ८० जनाले २ सयको मोबाइल टपअप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार र २ जनाले १ लाख जितिसकेका छन् ।

ती सबै उपहारहरु विद्युतीय लक्की ड्र मार्फत विजेता छनोट भएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहबीच उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।

सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस’ उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २ सयको मोबाइल टप अप १२ जनाले जित्न सक्ने छन् ।

त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले १ लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाखसम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment