Comments Add Comment

उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ

१९ पुस, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्युनतम खरिद मूल्य ५३६ रुपैयाँ तोकेको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले उखुको न्यूनतम् खरिद मूल्य निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

जसमध्ये चिनी मिलहरुले ४७१ रुपैयाँ २८ पैसा र सरकारले अनुदानवापत ६५ रुपैयाँ २८ पैसा दिने बास्कोटाले बताए ।

उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि, २०७५ बमोजिम प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान उपलब्ध गराउन अर्थ मन्त्रालयले कृषि तथा पशुपंछी विकास मन्त्रालयलाई रकम निकासा दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment