Comments Add Comment

सुन तस्करी प्रतिवेदन गुपचुपः प्रधानमन्त्री कार्यालयमा छ कि गृहमा ?

२० पुस, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित सबै राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा सांसद् रेशम चौधरीको सपथ परेको छ । अन्नपूर्णले यसलाई नाटकीयको संज्ञा दिएको छ भने नागरिकले अभियुक्तलाई सांसद्को शपथ दिइएको भन्दै आलोचना गरेको छ ।

वाइडबडी अनियमितता छानबिन गर्न सरकारले छुट्टै समिति गठन गरेकोलाई पनि आजका पत्रपत्रिकाहरुले समेटेका छन् । त्यस्तै, सर्वोच्चमा दीपकराज जोशी भूमिकाविहीन बनेको, सुन तस्करी प्रतिवेदन गुपचुप पारिएकोलगायत खबरहरुले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् ।

रेशम चौधरीको शपथको तस्वीर छापेको कान्तिपुरले वाइडबडी अनियमितता छानबिन गर्न सरकारले बेग्लै जाँचबुझ आयोग गठन गरेकोलाई मुख्य समाचार बनाएको छ । सुन तस्करी प्रतिवेदनको सोधीखोजी पनि आज कान्तिपुरले गरेको छ । समाचार अनुसार, छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप राखिएको छ । प्रधानमन्त्री तथा गृह मन्त्रालयले प्रतिवेदनबारे एक–अर्कालाई देखाएर पन्छिने गरेको समाचारको सार छ ।

कान्तिपुर लेख्छ– सुन तस्करी घटनाको अनुसन्धान सुरु भएको ५ महिना भयो, कुनै अनुसन्धान बढाइएन । उल्टै छानबिनका क्रममा पक्राउ परेकाहरु छुट्दै गए । अब त प्रतिवेदनकै बारेमा सरकारी निकाय एकअर्कालाई औंला तेर्साउन थालेका छन् ।

दाङको लमहीमा बिहीबारदेखि सुरु गरिएको कुसुन्डा भाषा कक्षाबारे कान्तिपुरले एंकर समाचार बनाउको छ । कुसुन्डा भाषा बोल्न सक्ने ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमलाको सहयोगमा भाषा आयोगले भाषा जोगाउन कक्षा थालेको हो ।

रेशम चौधरीको शपथलाई नाटकीयको संज्ञा दिएको अन्नपूर्णले लेखा समितिलाई चुनौती दिँदै सरकारले वाइडबडी छानबिनबारे समिति गठन गरेको लेखेको छ ।

नागरिकको पहिलो पृष्ठ रेशम चौधरीको शपथसँग सम्बन्धित सामग्रीहरुले भरिएको छ । त्यस्तै चन्द्रमामा चीनले सफलता हासिल गरेको खबरलाई पनि नागरिकले पहिलो पृष्ठमा समेटेको छ । समाचार अनुसार चिनियाँ यान पहिलोपटक चन्द्रमाको रहस्यमयी खाडलको सतहमा अवतरण गरेको छ ।

नयाँ पत्रिका दैनिकले सांसदका पिएबारे मुख्य समाचार बनाएको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सांसदका पिएबारे उसले सोधीखोजी गरेको छ ।

राजनीति गर्न कायकर्ता र जनताको साहरा लिने सांसदहरुले पिएमा भने सालासाली र भाइभतिजा रोजेको समाचारको सार छ ।

न्यायपरिषदले प्रधानन्यायाधीश दीपकराज जोशीलाई भूमिकाविहीन बनाएको, वाइडबडी छानबिन गर्न आयोग गठन भएकोलगायत खबरले नयाँ पत्रिकाको पहिलो पृष्ठ भरिएका छन् ।

गोरखापत्रमा वाइडबडी छानबिनका लागि समिति गठन भएको, दीपकराज जोशीको जिम्मेवारी खोसिएकोलगायत खबर छन् । आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क बनाउनेगरी सरकारले राष्ट्रिय स्वास्थ्य नीतिको मस्यौदा तयार पारेको समाचार राजधानीमा छ भने कारोबारले भीआईपी बोक्नमात्रै ४ हेलिकोप्टरको व्यवस्था गर्न लागिएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment