Comments Add Comment

लिभरपुललाई पराजित गर्दै सिटी दोस्रो स्थानमा उक्लियो

२० पुस, काठमाडौं । म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुललाई पराजित गरेको छ ।

बिहीबार राति इत्तेहाद रंगशालामा भएको खेलमा घरेलु टोली सिटीले लिभरपुललाई २–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा लेरोय साने र सर्जियो अगुइरोले गोल गरे । यता, लिभरपुलका लागि रोर्बेटो फिरमिन्होले गोल गरेका थिए ।

खेलको ४०औं मिनेटमा अगुइरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले अघि रहेको सिटीले दोस्रो हाफमा थप एक गोल गर्दा एक गोल खान पुगेको थियो ।

खेलको ६४औं मिनेटमा फिरमिन्होले गोल गर्दै लिभरपुललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । तर ७२औं मिनेटमा लिभरपुलले अर्को गोल खान पुग्यो । यो पटकभने सानेले गोल गर्दै सिटीलाई २–१ गोलको अग्रता दिलाए । बाँकी समयमा लिभरपुलले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको हो ।

जितसँगै फराकिलो अंक दूरी बनाउनबाट लिभरपुल चुकेको छ । लिरभपुलले २१ खेलबाट ५४ अंक बनाएको छ । लिभरपुललाई पराजित गर्दै म्यान्चेस्टर सिटी भने दोस्रो स्थानमा उक्लिदै ५० अंक बनाएको छ । सिटीले लिभरपुलसँगको अंक दूरी चारमा समेत झारेको छ । यता, लिगको तेस्रो स्थानमा रहेको टोटनह्यामभन्दा सिटी दुई अंकले अघि रहेको छ । टोटनह्यामको २१ खेलबाट ४८ अंक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment