Comments Add Comment

भिल्लारियलसँग रियल मड्रिड रोकियो

२० पुस, काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग बराबरीमा रोकिएको छ ।

बिहीबार राति भएको खेलमा बलियो प्रतिद्वन्द्वी रियल मड्रिडलाई घरेलु टोली भिल्लारियलले २–२ गोलको बराबरीमा रोकेको हो । भिल्लारियलका लागि सान्टी कार्जोलाले दुई गोल गरे । उनैको दुई गोलमा रियललाई रोक्न सफल भएको हो । यता, रियलका लागि भने करिम बेन्जिमा र राफेयल भरानेले गोल गरे ।

खेलको चौथो मिनेटमा नै कार्जोलाले गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । तर यो अग्रता धेरै बेर टिक्न सकेन । खेलको सातौं मिनेटमा बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई १–१ गोलको बराबरीमा पु¥याए । २०औं मिनेटमा रियल मड्रिडले अर्को गोल थप्दै २–१ गोलको अग्रता बनायो । योपटक भने भरानेले गोल गरेका थिए ।

पहिलो हाफमा २–१ गोलको अग्रता बनाएको रियल मड्रिडले दोस्रो हाफमा आफ्नो अग्रतालाई जोगाउन सकेन ।

खेलको ८२औं मिनेटमा कार्जोलाले ब्यक्तिगत दोस्रो गोल गर्दै भिल्लारियललाई २–२ गोलको बराबरीमा पु¥याए । बाँकी समयमा दुबै टिमबाट गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको हो ।

लिगको चौथो स्थानमा रहेको रियल मड्रिडको १७ खेलबाट ३० अंक भएको छ । यता, समान खेलबाट भिल्लारियलले १६ अंक बनाएको छ । लिगको शीर्ष स्थानमा भने बार्सिलोना रहेको छ । बार्सिलोनाको १७ खेलबाट ३७ अंक हुदा दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ३४ अंक छ । त्यस्तै, समान खेल खेलेको सेभिल्ला ३२ अंकको साथमा लिगको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment