Comments Add Comment

एप्पललाई एकैदिन ७५ अर्ब नोक्सान, माइक्रोसफ्ट, एमेजन र गुगलले उछिने

२० पुस, काठमाडौं । प्रविधिसम्बन्धी विशाल कम्पनी एप्पलले भारी नोक्सान व्यहोरेको छ । आफ्नो सेयरमा गिरावट आएपछि उसलाई बिहीबार मात्रै ७५ अर्ब डलर घाटा भएको छ ।

वाल स्ट्रिटमा बिहीबार एप्पलको सेयर मूल्य १० प्रतिशतसम्म गिरावट आएको बीबीसीले जनाएको छ । यो गिरावटको दोष चीनलाई लगाइएको छ । एप्पलका प्रमुख कार्यकारी टिम कुकले भनेका छन्– चीनमा एप्पलको घट्दो बिक्री यसको कारण हो ।

क्रिसमसकै समयमा खस्कियो व्यापार

एप्पलले सन् २०१८ का अन्तिम तीन महिनामा हुने आम्दानीको प्रक्षेपण गरेको थियो । अन्तिम तीन महिनामा ८९ अर्ब आम्दानी जोड्ने लक्ष्य उसको थियो ।  तर कुकले ८४ अर्ब मात्रै हुने बताएका छन् ।

क्रिसमसका अवसरमा विभिन्न कम्पनीहरुले आम्दानी बढाउने लक्ष्य लिएका हुन्छन् । एप्पलले पनि क्रिसमस फलदायी हुने अपेक्षा गरेको थियो । तर, यसपटक त्यसो नभएको बीबीसीले जनाएको छ ।

माइक्रोसफ्ट, एमेजन र गुगलले उछिने

एप्पल अमेरिकामा सार्वजनिक सेयर खरिद–बिक्री गर्नेमध्ये सबैभन्दा ठूलो कम्पनी थियो, केही समयअघिसम्म । तर, अब उसलाई एक होइन, तीन कम्पनीले उछिनेका छन् र ऊ पहिलोबाट चौथो स्थानमा पुगेको छ । एप्पललाई माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व रहेको अल्फाबेटले पछि पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment