Comments Add Comment

तपाईंको बच्चालाई बोल्न, लेख्न र याद गर्न गाह्रो हुन्छ ?

लेख्न र बोलीचालीको भाषा बुझ्नमा समस्या हुनुलाई हिस्लेक्सियसा भन्ने गरिन्छ । हिस्लेक्सियाको समस्या बालबालिकामा धेरै हुने गर्दछ । यो समस्या भएमा बच्चाहरुलाई कुनै पनि कुरा सिक्नको लागि समस्या हुने गर्दछ । यो समस्या भएमा व्यक्तिलाई पढ्न, लेख्न, स्पेलिङ्ग बुझ्नमा र बोल्नमा समस्या हुने गर्छ ।

डिस्लेक्सियाका कारण ?

डिस्लेक्सिया विभिन्न प्रकारको हुने गर्छ । र, यसको कारण पनि अलग अलग हुने गर्छ । परिवारमा कसैलाई डिस्लेक्सिया भएमा  यो समस्या परिवारका अन्य सदस्यलाई हुने सम्भावना पनि उत्तिकै हुन्छ । त्यस्तै, केही विशेष किसिमको जीनका कारण पनि डिस्लेक्सियाको लक्षण र संकेत बढाउन सक्छ । जसले गर्दा व्यक्तिलाई भाषा बोल्न, बुझ्नमा समस्या हुने गर्छ । साथै, यसले पढ्ने क्षमतामा पनि र्‍हास पुर्‍याउने गर्छ ।

डिस्लेक्सियाका लक्षण

डिस्लेक्सिया भएमा ससाना बालबालिकाहरुमा यी लक्षणहरु देखिने गर्छ ।

-कुनै कुरा भन्नमा धेरै समय लाग्ने

-नयाँ शब्द सिक्नमा कठिनाई हुने

-अक्षर, अंक र रङ्ग याद राख्न वा आˆनो नाम बताउनमा समस्या हुने

-सही तरीकाले शब्द संरचना गर्नमा कठिनाई हुने

-नर्सरी  राइम याद गर्नमा कठिनाई

स्कुलले बालबालिकामा डिस्लेक्सियाका कयौ लक्षण हुनसक्छ ।

-सुनेको कुराप्रति प्रतिक्रिया दिन र त्यसलाई बुझ्नमा कठिनाई हुने

-उमेर अनुसार ज्ञानको कमी हुनु

-प्रश्नको उत्तर खोज्न तथा सही शब्द फेला पर्नमा कठिनाई

-कनै पनि कुरा क्रमवद्ध रुपमा याद राख्नमा कठिनाई

-अक्षर र शब्दमा समानता र अन्तर फेला पार्न वा अन्तर सुन्नमा कठिनाई

स्पेलिङ्ग बुझ्नमा समस्या

नसुनेको शब्द उच्च गर्न नसक्नु

पढ्न मन नगर्नु

यो समस्या किशोर वा वयस्क मानिसहरुमा पनि हुनसक्छ ।

डिस्लेकियाको निदान ?

लामो समयसम्म पनि बच्चामा पढ्ने क्षमतामा विकास नभएमा चिकित्सकलाई देखाउनु पर्छ । चिकित्सकले विशेष जाँच गरेर उसको पढ्ने क्षमताबारे पत्ता लगाउन सक्छ । त्यस्तै,  उसले हेर्ने, सुन्ने र दिमागले काम गर्ने क्षमताको जाँच गरेर पनि उसको समस्याको पहिचान गर्न सक्छ । र त्यसैको आधारमा उपचार हुने गर्छ ।

डिस्लेक्यिाको उपचार ?

डिस्लेक्यिाको समस्या भएमा यो आजीवन समस्याकै रुपमा रहने भएकोले औषधीकै भरमा डिस्लेक्सियाको उपचार हुँदैन । शिक्षा सम्बन्धि विशेष टेक्निक र विशेष माध्यमको उपयोग गरेर डिस्लेक्यिाको समस्या कम गर्न सकिन्छ । उदाहरणको लागि डिस्लेक्सियाको समस्या भएमा बच्चाहरुमा पढ्ने क्षमताको कम गर्न सुन्न र स्पर्श गर्न सिकाइन्छ ।

८. फिटनेस

दबंग ब्वाईको फिटनेस फर्मुलाः ५३ वर्षमा पनि आफूलाई कसरी फिट राख्छन् सलमान ?

बलिउड अभिनेता सलमान खान उमेरले ५३ बर्ष पार गरिसके । हामीकहाँ भने यत्तिका उमेरमा बुढ्यौलीले छोपिसक्छ । जागिरबाट अवकास लिने बेला भइसक्छ । शरीरको रंग उडिसक्छ । कपाल फुलिसक्छ । अनुहार चाहुरिन्छ । शरीर कुपि्रन थाल्छ ।

तर, सलमान खान अझै १६ बर्षे जोशका देखिन्छन् । उनमा त्यही उर्जा र उत्साह देखिन्छ, जो कलकलाउँदो युवामा हुन्छ । अहिलेसम्म विवाह गरेका छैनन् । लभ रोमान्समा भने देखिन्छन् । लभ रोमान्स र व्यक्तिगत जीवनसँगै उनको व्यवसायिक जीवन चलायमान छ । उनी एकक्षण फुर्सद बस्दैनन् । एकपछि अर्को फिल्मले उनलाई विश्राम गर्न पनि दिदैन । जबकी उनीको केही स्वास्थ्य समस्या छ ।

आखिर जे भएपनि सलमान खान तगडा छन् । फुर्तिला छन् । आखिर कसरी उनले आफुलाई यो उमेरसम्म फिट एन्ड फाइन राखे त ?

खानपान नै हो प्रमुख कारण

सलमान खान आˆनो खानपानबारे निकै सचेत छन् । उनी आˆनो खानपानमा प्रोटिनयुक्त खानपानलाई विशेष महत्व दिन्छन् । र, यसको सेवन पनि धेरै गर्छन् । माछामासु, अण्डा, दूध, लगायतका खानेकुरा उनको खानपानको नियमित हिस्सा हुने गर्छ । यतिसम्म की उनी जुनसुकै ठाउँमा गएपनि उनी त्यही खानेकुरामात्र खान्छन्, जुन उनको डायटिसियन र पर्सनल ट्रेनरले बताउने गर्छन् ।

डाइट चार्ट

सलमान खान ब्रेकफास्टमा चारवटा अण्डाका साथ फ्याट दूध खान्छन् । जसमा वर्कआउट भन्दा पहिले उनी दुई वटा अण्डाका साथ एमिनो एसिड ट्याबलेटको साथमा प्रोटिन शेक पिउँछन् । वर्कआउट पछि तीन वटा अण्डाको सेतो भाग खान्छन् । लञ्चमा तरकारी र सलादको साथमा रोटी खाने गर्छन् ।  साझको नास्तामा उनी प्रोटिन बारको साथमा ड्राई फ्रुट खान्छन् भने रातमा उनी तरकारीको सूप, फिश, चिकेन र दुईवटा अण्डाको सेतो भाग खान्छन् ।

वर्कआउट प्लान

फिटनेश ट्रेनरका अनुसार सलमान दिनमा लगभग दुई हजार सिटअप, हजार पुशअप तथा पाँच सय एम्बोमिनल क्रंचेज गर्छन् । उनी कम्तीमा तीन घण्टा एक्सरसाइज गर्छन्, जसमा उनी आˆनो एब्;m बाइसेप्स, ट्राईसेप्समा ध्यान दिने गर्छन् । यसबाहेक, पनि उनी करिब दश किलोमिटर साइकल कुदाउने गर्छन् ।

वर्कआउट सेड्युल

वर्कआउटका क्रममा सबैभन्दा पहिले सलमान वार्मअपप गर्छन् । यसको लगत्तै उनी डेड लिफ्ट, सोल्डर पुश प्रेस गर्छन् । त्यसबाहेक, चार सेट सानो मसल्सका लागि एक्सरसाइज गर्छन् । जसमा छ देखि आठ रिप्स समावेश छन् । र बडी मसल्सको लागि १२ देखि १४ रिप्स गर्छन् । उनी मुख्यत मंगलबार, विहिवार र शनिवारको एब्स र कार्डियो एक्सरसाइजमा फोकस रहने गर्छन् ।

बडी विल्डिङ्ग टिप्स

सलमान खानका अनुसार सुगठित शरीरका लागि दृढ संकल्प र समर्पणको भावना जरुरी छ । यसबाहेक, अनुसासनमा रहन जरुरी छ । प्रतिदिन दुई देखि तीन घण्टा गर्न जरुरी छ । जसमा साइकिलिङ्ग, स्वीमिंग पनि समावेश छन् । यसको साथमा खानपानमा पनि उत्तिकै ध्यान दिन जरुरी छ । यसले लाइफस्टाइल राम्रो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment