Comments Add Comment

रोग निवारणका लागि सूर्य चिकित्साको लाभ उठाउने की ?

जबसम्म मानिस रोग, भोक र शोकबाट मुक्त हुँदैन, तबसम्म उसले जीवनको लाभ उठाउन सक्दैन । र, यसको निवारणका लागि पनि सबैभन्दा पहिले रोगबाट उन्मुक्ति पाउन जरुरी छ । किनकी जबसम्म रोगबाट उन्मुक्ति मिल्दैन, तबसम्म मानिसमा भोक जाग्दैन । र, जबसम्म उक्त व्यक्तिमा भोकको जन्म हुँदैन, व्यक्ति स्वत शोकमा डुब्न थाल्छ ।

त्यसैले, रोग, भोक र शोकबाट उन्मुक्ति पाउनकै लागि मानिस प्रत्येक दिन विभिन्न कि्रयाकलाप गर्दछ । जबकी विभिन्न चिकित्सा पद्धति अपनाएर पनि मानिसले यी सबै कुराहरुबाट उन्मुक्ति पाउन  सक्दछ । जसमध्ये सुर्य चिकित्सा पद्धती पनि एक हो ।

संसारमा जति पनि अदृश्य शक्तिहरु छन्, ती सबैको उत्पत्ति सुर्यद्धारा नै भएको पाइन्छ । जल हो वा वायु, अग्नी होस् वा पृथ्वी सबैको अस्तित्व सबै सुर्यसितै सम्बन्धित छ । किनकी यी सबै कुराको उत्पत्ति सुर्यद्धारा नै भएको छ भने यसको नियन्त्रित पनि सुर्यद्धारा नै हुँदै आएको छ ।

त्यसैले त, पञ्चतत्वद्धारा उत्पन्न भएको कुनै पनि पदार्थ वा प्राणी सुर्यकै कारण अस्तित्वमा छ । र, समयानुकुल आफूलाई परिवर्तित गर्दै लैजान सक्ने स्थितिमा छ ।

यही कुरालाई मनन गरेर नै मानिसहरुले सुर्यलाई भगवानको रुपमा पुज्दै आएका छन् । सुर्यको उपासना गर्दै आएका छन् । र, सुर्य नमस्कारसँगै दिनको सुरुवात गर्दै आएका छन् ।

त्यतिमात्र हैन, विभिन्न रोगको निवारण गर्न पनि सुर्यको किरणको उपभोग गर्दै आएका छन् । जबकी सुर्यको महत्व यो भन्दा कयौ गुणा अधिक छ । सुर्यको किरणले शरीरमा उर्जा प्रदान गर्नुका साथै मानिसलाई निरोगी समेत बनाउन मद्दत गर्दै आएको छ ।

यही कारण हो कि कयौं दिनसम्म घाम वा सूर्यको किरणबाट बञ्चित हुने व्यक्ति स्वतः निर्बल हुने तथा अस्वस्थ रहने गर्छन् ।

यसको कारण के पनि हो भने मानव शरीरमा विभिन्न किसिमको रसायनिक तत्व पाइन्छ, , जसमध्य फास्फोरस र क्याल्सियमको गणना प्रधान द्रव्यको रुपमा हुने गरेको पाइन्छ ।

जब सुर्यको किरणले हाम्रो शरीरलाई स्पर्श गर्छ, तब रगतमा उष्णता आउँछ, र , रक्तसँचारको गति बढ्न थाल्छ । यो रगतमा अर्गोसटेरोल नामक पदार्थ हुन्छ, जुन सुर्यको किरणद्धारा ‘भिटामिन डी’ मा परिणत हुन्छ ।

‘भिटामिन डी’ले आन्द्रामा एसिडलाई नियन्त्रित गर्छ र भोजनमा रहेको क्यालिसयम र फास्फोरसलाई ग्रहण गर्न सहायता प्रदान गर्छ । यसले दाँत तथा हड्डीको समेत  निर्माण गर्न सहायता प्रदान गर्छ । त्यसैले त, मानव शरीरमा घाम वा भिटामिन डीको कमी भएमा रिकेट लगायत हड्डी सम्बन्धि अनेक रोग पैदा हुने गर्छ ।

यही मात्र हैन, प्राकृतिक चिकित्सामा काँचै वा नपकाएको भोजनको पनि विशेष महत्व हुन्छ । किनकी यसमा रहेको पौष्टिक तत्वलाई शरीरले सजिलै ग्रहण गर्न सक्छ । त्यसैले त, प्राकृतिक चिकित्सामार्  ताजा फलफूल, तरकारी, हरियो सागसब्जीलाई विशेष महत्व दिइन्छ । र, यस्ता भोजन सेवन गर्न सल्लाह दिइने गरिन्छ ।

प्राकृतिक चिकित्सामा उल्लेख गरिएको छ, फलफूल, सागसब्जी लगायतका खानेकुार जबसम्म बोटमा – सुर्यको किरण)मा रहन्छन्, तबसम्म जिवित रहन्छन् । जब तिनलाई चुडेर घामको किरणबाट टाढा लगिन्छ, तब तिनीहरु  क्रमश औलाउन थाल्छन् । र, त्यसमा रहेको पौष्टिक तत्व पनि नष्ट हुन  थाल्छ ।

त्यसैले, प्राकृतिक चिकित्सामा यस्ता खानेकुरालाई बोटमा छँदै र सकभर काचै खाने सल्लाह दिइने गरिन्छ । भनिन्छ, यस्ता खानेकुरा घामको किरणद्धारा बोटमा छँदै पाकिसकेको हुन्छ । त्यसैले, यस्ता भोजनबाट स्वास्थ्य सम्बन्धि लाभ लिनका लागि प्राण छँदै यी खाद्य पदार्थको लाभ उठाउनुपर्छ  ।

त्यसो त, यो कुरा खाद्यान्न तथा वनस्पतिमा मात्र हैन, जीवहरुमा पनि उत्तिकै लागु हुन्छ । उदाहरणको लागि घाममा दिनभर बसेको गाई , भैसीको दूधबाट जति मात्रामा हाम्रो शरीरलाई ‘भिटामिन डी’ प्राप्त हुन्छ, घरमै बाँधेर राखिएको गाईबाट निकालिएको दूधबाट त्यति परिणाममा शरीरलाई ‘भिटामिन डी’ प्राप्त नहुनस सक्छ । यो कुरा विभिन्न खोजहरुले समेत प्रमाणित गरिसकेको छ ।

मानव शरीरमा पनि सुर्यको किरणको निकै महत्व हुन्छ । यसले शरीरको भित्रैसम्म पसेर मानव शरीरको सम्पूर्ण तन्तुहरुलाई जीवन प्रदान गर्छ । घामको किरणलाई नियमित रुपमा सेवन गर्नाले रातो र सेतो रक्तकोषिको संख्यामा वृद्धि हुने गर्छ  । र, शरीरमा रहेका हानीकारक किटाणु नष्ट हुने गर्छ । यसको प्रभावकै कारण शरीरको प्रत्येक कि्रया सही तरीकाले हुन्छ । त्यतिमात्र हैन, घामको किरणले मानसिक स्वास्थ्यमा पनि निकै ठूलो प्रभाव पार्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै मानसिक विकार हटाउन समेत मद्दत गर्छ ।

त्यतिमात्र हैन, सुर्यको किरणका अन्य फाइदाहरु पनि छन् ।

सामान्यतया सुर्यको प्रकाशमा रातो, पहेलो, हरियो, निलो, आकाशे निलो, प्याजी, खैरो गरी सातवटा कलर हुन्छ । त्यस्तै, सुर्यको किरण दुई किसिमको हुन्छ, अल्ट्रा रेड र अल्ट्रा भायलेट । यी सबै अदृश्य हुने गर्छ । र, यसको प्रभाव पनि मानव जातिमा राम्रै हुने गर्छ ।

परिणामस्वरुप, चर्म रोग, गठिया, हड्डीे समस्या रोग लगायत जति पनि रोगहरु छन्, ती सबैको उपचार यही किरणकै माध्यमबाट हुने गरेको पाइएको छ । र, यसको लागि धुप स्नान लाभदायक सिद्ध पनि हुँदै आएको छ ।

प्राकृतिक चिकित्सामा  धुप स्नान विशेष विधि अपनाएर गरिन्छ । किनकी यो विधि अन्तर्गत घाममा दिनभर घुम्दैमा सुर्यको किरणको लाभ लिन सकिदैन ।

यसको लागि विहानको समय उत्तम मानिन्छ ।  विहानको मिर्मिरेमा कम्तीमा आधा घण्टा घाममा बसेर घामको स्नान -सन बाथ) गर्नाले मात्र पनि कयौ रोगहरुबाट निजात पाइन्छ । तथापी, दुर्वल रोगहरुमा धेरै बेर घाममा बस्नु  हानीकारण हुनसक्छ । त्यसैले, सबैभन्दा पहिले उनीहरुको खुट्टालाई मात्र पाँच देखि सात मिनेटसम्म घाममा राखिन्छ । त्यसपछि दुई हातलाई केहीबेर घाममा राखे पश्चात्त मात्र  सम्पूर्ण शरीरलाई घाममा देखाउने गरिन्छ । यसरी घाममा बस्दा गर्मीमा आधा घण्टा भन्दा बढी घाममा बस्नु हुँदैन भने जाडोमा एक घण्टा सम्म पनि घाममा बस्न सकिन्छ ।

यो चिकित्सा पद्धति अनुसार घामको लाभ उठाउने अर्को तरीका भनेको रंगिन बोतलमा पानी, दूध, तेल र मिश्री आदीलाई केही समयका लागि घाममा राखेर यसको लाभ उठाउनु हो । विशेषगरी पानीको बोतललाई आठ घण्टासम्म यसरी  घाममा राख्दा यसले शरीरलाई विभिन्न लाभ मिल्दछ । त्यस्तै, तेल, घिउ, शक्कर तथा मिश्रीलाई क्रमश दश, छ र एक हप्ता सम्म राखेर पनि यसको लाभ उठाउन सकिन्छ ।

विशेषगरी, यसरी घामको तापमा तयार पारिएको पानी तीन दिनसम्मका लागि मात्र खान योग्य हुन्छ । जबकी अन्य वस्तुलाई दुई-चार महिनासम्म पनि प्रयोग गर्न सकिन्छ । पानी तथा शक्करको हकमा यो साधारण विधिको प्रयोगले रोगको जोखिम कम गर्न सकिन्छ तर पूरै निको पार्न भने सकिदैन। तथापी, यो विधिको सही उपयोग गर्न सकेको खण्डमा भयंकर रोगलाई पनि हेर्दा हेर्दै ठिक पार्न सकिन्छ । यो चिकित्सा प्रणाली शुद्ध र यसको कुनै साइड इफेक्ट हुँदैन । त्यसैले त, सुर्य चिकित्सा पद्धतिद्धारा निवारण गरिएको रोग कहिल्यै फर्केर आउँदैन र यसले अन्य प्रकारको दुष्प्रभाव पनि पैदा गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment