Comments Add Comment

भरतपुर अस्पताल परिसरबाट हटाइयो नारायणी डेभलपमेन्ट बैंक

२० पुस, चितवन । भरतपुर अस्पतालको परिसरमा रहेको नारायणी डेभलपमेन्ट बैंकलाई जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार हटाइएको छ ।

अस्पतालको दुई कठ्ठा जग्गा भाडामा लिएर ०६२ सालमा अस्पताल परिसरमा स्थापना भएको बैंक०७१ सालमा संकटग्रस्त घोषणा भएको थियो ।

अस्पतालसँग १५ वर्षसम्म (०७७ जेठ) सम्म भाडा सम्झौता गरेको बैंक सञ्चालनमा समेत नआएको र अस्पतालका लागिसमेत जग्गाको कम भएकोले हटाइएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।

बैंक कालोसूचीमा परेपछि अस्पताल विकास समितिको बोर्ड बैंठकले सम्झौता भंग गरी भवन अस्पताललाई हस्तान्तरण गर्न भनेको थियो । तर, पनि बैंकले अटेरी गरेपछि जिल्ला प्रशासन कार्यालयको सहयोगमा बैंक हटाउने काम गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई भवन खाली गराइदिन पुस १३ गते पत्र काटेको थियो ।

बैंक हटाएको भवनमा अस्पतालको प्रयोगशाला कक्ष विस्तार गर्ने योजना रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘हामीलाई भाडा वा अन्य रकम भन्दा पनि ल्याव विस्तार अति आवश्यक भैसकेको थियो, अहिले भैरहेको ल्याव असाध्यै साँघुरो भयो विरामीको चाप अधिक छ’ मेसु डा. पौडेलले भने, ‘अब सहज रुपमा विरामीले ल्यावको सेवा पाउँछन् ।’

बैंकले अस्पताललाई मासिक २३ हजार भाडा बुझाउँदै आएको थियो भने अस्पतालको बैंक डिपोजिट नौ लाख रकम लिन बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment