Comments Add Comment

झरनाकी ‘गुडियारानी’ सुहाना

नायिका झरना थापा छोरी सुहाना थापाको करिअरलाई लिएर चिन्तित र उत्साहित दुबै छिन् । अमेरिकामा पढिरहेकी छोरी सुहानालाई उनले आफ्नै निर्देशनमा तयार भैरहेको चलचित्र ‘ए मेरो हजुर ३’बाट डेब्यू गराउँदैछिन् ।

झरना थापाका अनुसार, छोरीको डेब्यू चलचित्र भएकाले उनी पहिले भन्दा अझै गम्भिर छिन् । यसपटक, सुहानालाई नेपाली चलचित्रका चल्तीका नायक अनमोल केसीले साथ दिएका छन् । अनमोल केसी र सुहानाको जोडी चलचित्रमा जोडिएसँगै चर्चा समेत पाइरहेको छ ।

झरना आफ्नी छोरीलाई ‘गुडियारानी’ भन्न रुचाउँछिन् । चलचित्रको छायांकन सकेर अहिले उनी अमेरिका पुगेकी छिन् । अमेरिकामा छोरी सुहानाका चुलबुले तस्बिर पोष्ट गर्दै झरनाले उनलाई ‘गुडियारानी’को उपमा दिएकी हुन् । सुहाना अभिनित यो चलचित्र चैत्र २९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment