Comments Add Comment

सो क्योकुसिन कराँतेमा जोशी निर्वाचित

२० पुस, हेटौंडा । सो क्युकोसिन कराँते संघ मकवानपुको अध्यक्षमा सुन्दरकुमार जोशी निर्वाचित भएका छन् ।

हेटौंडामा शुक्रबार भएका भेलाले जोशीको अध्यक्षतामा ११ सदस्य जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा राजन दाहाल, बिनोदमान श्रेष्ठ, सचिब राजेन्द्र पोखरेल, कोषाध्यक्ष मनोज ढोडारी रहेका छन् ।

समिति सदस्यमा रामचन्द्र श्रेष्ठ, कमल घले, रुपा बिडारी, धनबहादुर तामाङ, अशोक लामा र शंकरसिंह व्लोन रहेका छन् । नबनिर्वाचित समितिको घोषणा मकवानपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष माधव तिमल्सिना र संघका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले गरेका थिए ।

भेलामा बोल्दै खेलकुद विकास समितिका अध्यक्ष तिमल्सिनाले नवगठित समितिसहित खेलकुदको क्षेत्रमा काम गर्छु भन्ने बिभिन्न खेलका ५७ वटा संघ दर्ता भैसकेपनि नाम र पदका लागि मात्र नभई खेलाडि उत्पादनका हिसाबले काम गर्न आग्रह गरे ।

अहिले जिल्लामा समिति गठनसँगै राष्ट्रिय खेलकुद परिषदमा दर्ता हुने र बैदेशिक भ्रमणको काम मात्र गर्ने उद्देश्यले समिति गठनको काम भैरहेको भन्दै सहि कामका लागि लाग्न सबैलाई आग्रह गरे ।

भेलमा सो क्योकुसिनका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले खेलाडीलाई आर्थिक हिसाबले सबल र सक्षम बनाउँनका लागि संगठित स्वरुप आवश्यक भएकाले संघको गठनमा लागेको बताए ।

अन्य खेलमा जस्तै कराँतेमा पनि खेलाडीको भबिष्य उज्वल छ भन्ने देखाउन काम गर्नुपर्ने बताए । संघले निकट भबिष्यमै ठुलो राशीको राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment