Comments Add Comment

गाउँमा नमिलेपछि प्रहरीमा आयो बलात्कारको उजुरी

२० पुस, सप्तरी । बलात्कारको घटना गाउँमा मिलाउने प्रयास गरे पनि नमिलेपछि प्रहरीमा उजुरी परेको छ । एक साताअघि सप्तरीमा भएको एक बालिका बलात्कारको घटनालाई गाउँका अगुवाहरुले मिलाउने प्रयास गरे पनि पीडित प्रहरीसम्म आएका हुन् ।

घटना सप्तरीको खड्ग नगरपालिकाको हो । गत पुस १५ गते बाख्रा चराउन गएकी एक बालिकलाई ललाई फकाई इँटा उद्योगका एक कर्मचारीले बलात्कार गरेका थिए ।

सोही नगरपालिकास्थित पण्डित इँटा उद्योगमा कार्यरत राधेश्याम पण्डितले १३ बर्षीया बालिकालाई ललाई फकाई उद्योगभित्रै ल्याई बलात्कार गरेको भन्दै पीडितकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।

खड्ग नगरपालिका निवासी ३५ वर्षीय पण्डित इँटा उद्योगमा हिसाककिताव राख्ने मुन्सी पदमा कार्यरत छन् । उजुरी आएपछि फरार रहेका पण्डितको खोजी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । ‘शुरुमा गाउँमै यो घट्ना मिलाउन खोजिएको रहेछ’ श्रेष्ठले भने, ‘नमिलेपछि पीडितकी आमाले उजुरी दिएकी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment