Comments Add Comment

अनलाइनखबरकर्मी भट्टराई पुरस्कृत

२० पुस, विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले अनलाइनखबरकर्मी सहित २ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

१३ औं साधारणसभाको अवसरमा नगर विकास पत्रकारिता पुरस्कार–२०७४ बाट अनलाइनखबरकर्मी ध्रुव भट्टराई र पत्रकार महासंघ प्रतिभा पुरस्कार–२०७४ बाट पत्रकार तारा आचार्य सम्मानित भएका हुन् ।

पत्रकार आचार्य न्यूज २४ टेलिभिजनमा आवद्ध छिन् । त्यस्तै २२ वर्षदेखि पत्रकार महासंघ मोरङ शाखामा कार्यरत कार्यालय सचिव दीपक फुयाँललाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ ।

पुरस्कृत सबैलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नगरसहित सम्मान पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले कुनै राजनीतिक दलतिर नढल्की स्वच्छ र निष्पक्ष तरिकाले पत्रकारिता गर्न पत्रकारहरुलाई सुझाव दिए ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग संघले स्थापना गर्ने पुरस्कारका लागि २ लाख रुपैयाँको चेक पत्रकार महासंघ मोरङलाई हस्तान्तरण गरेको छ । कार्यक्रममा पत्रकार महासंघ मोरङले महासंघका ७ जना पूर्वअध्यक्षलाई सम्मानसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment