Comments Add Comment

प्रधानसेनापति भारत भ्रमणमा जाँदै

२० पुस, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले आगामी शुक्रबार (पुस २७ गते) बाट भारतको औपचारिक भ्रमण गर्ने भएका छन् ।

प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि भारतका सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा उनी पहिलोपटक भारतको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविदले भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् । नेपाल र भारतबीच एक अर्को देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन छ ।

भ्रमणका क्रममा प्रधानसेनापति थापासँग त्यहाँका रक्षामन्त्री र सुरक्षा सल्लाहकारबीच भेटघाट हुने कार्यक्रम छ ।

भारतको छ दिने औपचारिक भ्रमण पूरा गरी प्रधानसेनापति थापा माघ २ गते स्वदेश फर्कने सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment