Comments Add Comment

माछापुच्छ्रे बैंकको बीसौं वार्षिक साधारण सभा

२० पुस, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको बीसौं वाषिर्क साधारणसभा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसीको सभापतित्वमा भयो ।

साधारण सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बाषिर्क प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

साधारणसभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा.बिरेन्द्रप्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ ।

साधारणसभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकले डा.बिरेन्द्र प्रसाद महतोलाई बैंकको सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बंैकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपंैया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपंैया संचित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment