Comments Add Comment

चितवन राष्ट्रिय निकुञ्ज प्लास्टिक मुक्त क्षेत्र

२० पुस, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जलाई जनवरी १ तारिकबाट प्लास्टिक मुक्त क्षेत्र घोषणा गरिएको छ ।

मंगलबार एक कार्यक्रमका बीच घोषणा गरिएको प्लास्टिक मुक्त क्षेत्रको अभियानमा कोका–कोला नेपालका तर्फबाट कन्ट्री डिरेक्टर अम्बुज सिंह, डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, हिमालयन क्लाइमेट इनिसिएटिभका सिइओ शिलशिला आचार्य, स्थानिय, केन्द्रिय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

विगत ४ वर्षदेखि कोकले प्लास्टिकजन्य वस्तुको व्यवस्थापनका लागि थुप्रै सहकार्यहरु गर्दै आएको छ ।

वन तथा वातावरण मन्त्रालयको अगुवाइमा शुरुवात गरिएको उक्त अभियानमा कोका–कोला नेपाल, नेपाल आर्मी, वल्र्ड वाइड फन्ड (डब्लुडब्लुएफ), राष्ट्रिय प्राकृतिक संरक्षण कोष, हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई), पर्यटन उद्यमी, स्थानिय समुदाय लगायतले सहकार्य गरेका छन् ।

कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जबाट जम्मा भएका पूर्नवीकरण हुन प्लास्टिकजन्य फोहोरलाई सहि तरिकाले रिसाइकिल गर्नेछ ।

त्यस्तै कोका–कोला नेपालले आफ्ना पाटनरसँग सहकार्य गरेर रिसाइकल नहुने प्लास्टिकजन्य फोहोरका लागि समाधान खोज्न प्रयासरत रहेको कोका–कोला नेपालका कन्ट्री डिरेक्टर अम्बुज सिंहले जानकारी दिए ।

डब्लुडब्लुएफका नेपालका प्रतिनिधि डा.घनश्याम गुरुङले भने, ‘हामी विश्वव्यापी समस्याको निकासका लागि स्थानिय समाधान खोजीरहेका छौँ, त्यसमध्ये प्लास्टिक पनि एक हो ।

स्थानिय, प्रदेश र केन्द्रिय तहबाट एकजुट भएर हामीले व्यक्तिगत र संस्थागत प्रतिवद्धतामार्फत यस अभियान कार्यन्वयनमा सफलता हासिल गर्न सक्छौँ ।’

हिमालयन क्लाइमेट इनिसिएटिभकी सीइओ शिलशिला आचार्यले भनिन्, ‘नेपालमा प्रतिदिन औसतमा करिब २० मिलियन प्लास्टिक ब्यागहरु प्रयोगमा आउने गरेको छ ।

प्लास्टिक झोलाहरु एक पटक प्रयोग गरेपछि त्यसलाई जथाभावी फाल्दिने हाम्रो चलनचल्तीले गर्दा ग्रह प्रदुषीत बनेको छ ।

यदि हामी सबै क्षेत्रबाट चितवन राष्ट्रिय निकुञ्जलाई प्लास्टिक प्रयोग मुक्त क्षेत्र बनाउन सक्यौँ भने यसले अन्य संरक्षण गरिएका स्थान तथा सम्पूर्ण नेपालमै प्लास्टिक मुक्त क्षेत्र बनाउन प्रेरित गर्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment