Comments Add Comment

१९९ सिटको यात्रुवाहक जहाजमा एक्ली यात्रु !

काठमाडौं । प्राइभेट जेट विमानमा यात्रा गर्नु जो कोहीको सपना हुनसक्छ । तर भाग्यमानी हरुलाई चाहीँ यात्रुवाहक जेट विमानमै प्राइभेट जहाजको जस्तै चिठ्ठा पर्दो रहेछ ।

हालै एकजना महिलाको जिवनमा यस्तै सुखद घटना भएको छ । १ सय ९९ सिटको जेट विमानमा उनले एक्लै यात्रा गर्न पाएकी छिन् ।

यात्रुवाहक जेट विमानमा एक्लो यात्रुको रुपमा यात्रा गर्ने ती भाग्यमानी महिला फिलिपिन्सकी हुन् । जुन यात्रा उनको जिवनमा सपना भन्दा कम थिएन । किनकी जहाजको एउटा सिटको टिकट खरीद गर्नु उनका लागि पूरै जहाज नै बुकिङ गरे सरह भयो ।

घटना गत डिसेम्बर २४ को हो । लुइसा एरिस्पे नामकी युवतीले फिलिपिन्सको डिभोबाट मनिला जानका लागि फिलिपिन्स एयरको जहाजको टिकट काटिन् । उनले जहाज चढ्नका लागि बोर्डिङ पास लिइन् । जब उनी जहाज भित्र छिरिन् तब उनले अरु कोहीपनि यात्रु जहाजमा देखिनन् । सुरुमा त उनी झसँग भइन् । तर अन्ततः उनलाई थाहा भयो कि त्यो १ सय ९९ सिटे जहाजको त्यो उडानमा टिकट काट्ने उनी एकमात्र यात्रु थिइन् ।

फ्लाइटमा रहेका क्याबिन क्रूले उनलाई त्यो कुराको जानकारी गराए । त्यो थाहा पाएपछि उनी केही आत्तिइन् पनि । तर एयर होस्टेजहरुले सम्झाए । त्यसपछि त उनले जिवनमै नभोगेको आश्चर्य अनुभुति गर्दै यात्रा गरिन् । उनले यात्रा अवधिभर जहाजको उडानमा पाउने सबै सुविधा प्राप्त गरिन् । उनी जहाज यता उता गरिरहिन् । उनले जहाजका स्टाफहरु तथा पाइलटसँग समेत सामूहिक तस्वीर पनि खिचाइन् ।

लुइसाले फेसबुकमा त्यो अभूतपूर्व घटनाको विवरण तथा तस्वीरहरु शेयर गरेकी छिन् । उनको फेसबुक पोष्ट भाइरल बन्यो । नबन्ने कुरै भएन । किनकी यस्तो मौका दुनियाका सायदै कसैलाई प्राप्त हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment