Comments Add Comment

क्रिसमसको उपहार: सबै परिवारको डि एन ए परीक्षण !

काठमाडौं । एकजना व्यक्तिले गत क्रिसमसको अवसरमा आफ्नो पूरै परिवारका लागि अनौठो गिफ्ट अर्डर गरे । सोसल साइट reddit.comमा भाइरल भएको खबर अनुसार ती व्यक्तिले परिवारका ६ जना सदस्यलाई सरप्राइज गिफ्टको रुपमा डिएनए टेष्ट गर्ने किट उपहार दिए ।

ती व्यक्तिले आफ्नो नाम नखुलाईकन यस्तो खुलासा गरेका छन् । उनका अनुसार डिएनए किटको सेल चलिरहेको थियो । त्यसबेला उनले सोँचे कि डिएनए किट शानदार गिफ्ट हुनेछ । त्यसपछि उनले आफ्ना बुवा, आमा, भाई र २ जना दिदी बहिनीका लागि डिएनए टेष्ट खरीद गरे ।

जब छोराले दिएको क्रिसमस गिफ्ट उनकी आमाले खोलिन् तब उनी झस्किइन् । त्यसमा खतरनाक केमिकल हुने हुनाले यस्तो परीक्षण गर्न नहुने भनी उनी डराइन् । पछि सम्झाएसँगै उनले छोराछोरी मध्ये एकजनाले मात्र बच्चाको टेस्ट गरे पुग्ने बताइन् ।

तर त्यसपछि आमाबुवा बीच झगडा हुन थाल्यो । उनीहरु एकतला माथि गएर झण्डै एक घण्टा नै झगडा गरे ।

त्यसपछि त ती युवक र उनका भाई तथा दिदी बैनीहरु बाउआमाप्रति सशंकित हुन थाले । कतै आमाले कैफियत गरेकी पो हुन् कि र आफ्ना वास्तविक बाउ अरु कुनै पनि हो कि भनेर समेत शंका गरे ।

लामो रस्साकस्सी पछि आमा बुवाले सबैको डिएनए टेष्ट किन गर्न नचाहेको भन्ने कुराको खुलासा गरिन् । वास्तवमा ती युवककी दिदीका बाउ अर्कै रहेछन् ।

वास्तविकता अनुसार छोरी जन्मिएको केही समयपछि नै ती महिलाका पतिको मृत्यु भएको रहेछ । पतिको मृत्युपछि एक्लिएकी ती महिलालाई उनको नजिकका एकजना साथीले सहयोग गरे । समयक्रम सँगै उनीहरुसँग प्रेम बस्यो र बिहे गरे । छोरीसँगै विधवा बिहे गरेका ती पुरुषले बिहे पश्चात् दुईजना छोरा र एकजना छोरी जन्माए । र त्यस दम्पत्तिको कूल ४ जना सन्तान भए ।

यो वास्तविक घटनाको पोल खुलेसँगै परिवारमा केही बेर रुवावासी नै भयो । त्यसपछि सबै परिवार यति नजिक बने कि अब लुकाउनु पर्ने कुरा केही रहेन ।

आफ्नो क्रिसमस गिफ्ट परिवारको मिलनका लागि निकै नै अविस्मरणीय रहेको उनले बताएका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment